News Portal

  • निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएपछि स्वागतका लागि पुगे कार्यकर्ता

    भक्तपुरपोष्ट संवाददाता
    ९५४ पटक

    बलात्कार प्रयासको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौ जिल्ला अदालतले अन्तत: उनलाई निर्दोष ठहर गरेको हो ।

    सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेल को एकल इजलासले महरालाई निर्दोष ठहर गर्दै रिहा गर्ने निर्णय गरेको छ । उनलाई आजै रिहाई गरिने बताइएको छ । त्यसको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ । उनलाई रिहाई गर्नको लागि अदालत परिसरबाट डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

    महरा रिहाई हुने भएपछी उनलाई नेकपाका कार्यकर्ताहरुले भव्य स्वागतको तयारी गरेका छन् । अन्तत: सत्यको जित भएको भन्दै उनका समर्थक र शुभचिन्तकहरु स्वागतका लागि पुगेका हुन्  । ‘कम्युनिष्ट आन्दोलनलाई बदनाम गराउन महरा सर माथि आरोप लगाइएको थियो , अन्तत त्यो असफल भयो ।’ उनको स्वागतका लागि पुगेका नेकपाका भक्तपुर जिल्ला सदस्य सदस्य दिनेश थपलियाले भक्तपुरपोस्ट संग भने ।

    महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा.दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

    संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट नैतिकताको आधारमा राजीनामा दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...