News Portal

  • समयमै पुग्यो प्रहरी : सानोठिमीमा चोरी गर्दागर्दै सामातिए लिम्बु र तामाङ

    भक्तपुरपोस्ट संवाददाता ठिमी, ५ फागुन
    १२०२ पटक
    ठिमी, ५ फागुन

    प्रहरीलाई प्राय: घटना घटेपछि पुग्ने गरेको आरोप लाग्ने गर्छ तर सोमवार भने घटना हुँदाहुँदै प्रहरी पुगेको छ र अपराधी पक्राउ समेत परेको खबर छ ।

    मध्यपुर थिमी-२ सानोठिमीमास्थित ममता श्रेष्ठको २ तल्ले घरको भुई तल्लामा डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगाचोकगढीकी २० वर्षिया जुनु श्रेष्ठको कोठाको ढोका फोरी चोरी गर्दागर्दै चोरहरु समात्न प्रहरी भएको हो ।

    बेलुकी करिब ५ बजे अपरिचित मानिसहरुले ढोका फुटाउदै गरेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीकोप्रहरी टोली खटी गई उक्त कार्यमा संलग्नहरुलाई समात्न सफल भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङ घर भई हाल काठमाण्डौ-१८ बस्ने पुजन लिम्बु,काभ्रे घर भई हाल काठमाण्डौ डल्लु बस्ने बर्ष १८ को अनिल तामाङ रहेको प्रहरीले जानकारी गराएको छ । उनेहरुको साथबाट छिनो, खुकुरी, लगायत मौका वारदातमा प्रयोग हुने सामाग्री समेत बरामत गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता रहेका डीएसपी दीपक गिरीले जानकारी दिए । पक्राउ परेका लिन्बु र तामाङ्गलाइ वृत्तमा राखी थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...