News Portal

  • भवन निर्माण र छात्रवृत्तिको रकम झ्वाम पार्ने विव्यस अध्यक्ष विरुद्द मुद्दा

    भक्तपुरपोष्ट संवाददाता६ फागुन २०७६
    ८०६ पटक
    ६ फागुन २०७६

     

    काठमाडौं । भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहरा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    बोहराले साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकम र विद्यालय आन्तरिक स्रोतको गरी ४१ लाख ५४ हजार पाँचसय रकम पेश्की लिएर  ३१ लाख ९ हजार ९४५ बराबरको मात्रै काम गरेको पाइएको हो ।

    यस्तै उनले ३ लाख  आठहजार पाँचसय विद्यालयको खातामा जम्मा गरेको भएपनि बाँकी ७ लाख २९ हजार ९४६ हिनामिना गरेको देखिन्छ ।

    अख्तियारले विव्यस अध्यक्ष बोहराले  सात लाख उनान्तीस हजार नौ सय छयालीस हिनामिना गरेको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा हिनामिना गरेको सबै रकम बिगो  कायम गरी निजलाई सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...