News Portal

  • जर्मनीमा गोलीकाण्ड, आठ व्यक्तिको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता८ फागुन २०७६
    ८४४ पटक
    ८ फागुन २०७६

    एजेन्सी । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ।

    प्रहरीले  बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन्।घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो।

    दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ।अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।

    अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ।सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ।बन्दुक राख्ने पाउने विषयमा कडा कानुन भएको जर्मनीमा गोलीकाण्डका घटना विरलै हुन्छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...