News Portal

  • सम्पादकीय : प्रधानमन्त्री ओलीले दिए आफू भ्रष्टाचारप्रति ‘शून्य सहनशील’ रहेको संदेश

    संजीप शुभचिन्तक भक्तपुर, ८ फागुन
    १३१३ पटक
    भक्तपुर, ८ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीका निकै निकट मानिने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएसंगै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति शून्य सहनशील रहेको संदेश दिन सफल भएका छन् । सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाको अनुहार हेरेरै सरकार बिरोधीहरु डराउने गरेका भन्दै उनको तारिफ गर्दै आएका प्रम ओलीले उनलाई मन्त्रीबाट नहटाउने अड्कलबाजीका बीच राजीनामा आएपछि प्रम ओली भ्रष्टाचारप्रति शून्य सहनशील रहेको संदेश दिन सफल भएका हुन् ।

    सेक्युरिटी प्रेस खरिदमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो वार्ता सार्वजनिक भएपछि उनी अप्ठ्यारोमा परेका थिए । तर, उनी प्रम ओलीको खास रुचाइएको मन्त्री समेत रहेकाले उनलाई अडियो काण्डले केहि असर नपुग्ने आकलन गरिएको थियो ।

    प्रम ओलीको बालकोटस्थित निजी निवासलाई नै मन्त्री क्वाटर बनाएर बस्दै आएका कारण बाँस्कोटा प्रभावशाली एवं प्रम ओलीका सबैभन्दा प्रिय मन्त्री मानिन्थे । त्यतिमात्र होइन, मन्त्रीपरिषद बैठकमा समेत प्रम ओलीले अरु मन्त्रालयका विषयमा समेत बाँस्कोटासंग राय लिन थालेपछि उनी अझ शक्तिशाली र सशक्त भूमिकामा रहेका थिए । प्रम ओलीसामु क्याबिनेटमा निर्धक्क कुरा राख्न सक्ने बाँस्कोटा मात्र थिए । कतिपय मन्त्रीले आफ्ना मन्त्रालयका कुरा समेत बाँस्कोटा मार्फत व्याख्या गर्ने गरेका थिए ।

    प्रधानमन्त्री ओलीले उनलाई यति धेरै विस्वास र माया गरे कि उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी पार्टी सरकारबाट बाहिरीए पछि शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि बाँस्कोटाकै काधमा सुम्पिदिए । तर, रुखो स्वभाव र खस्रो बोलीका कारण बाँस्कोटा बेलाबेलामा बिबादमा भने परी नै रहे । उनी जति नै बिबादित बनेपनि प्रम ओलीको आशिर्वाद उनको साथ् बाट छुटेन ।

    तर, बिहीवार उनले आफ्नो सबैभन्दा प्रिय मन्त्रीलाई राजीनामा गराए । भ्रष्टाचारमा मुछिएपछि उनको राजीनामा आवश्यक नै थियो । राजनीतिमा कतिपय सतहमा देखिएका कुरा पनि झुटा सावित हुन्छन जसको ज्वलन्त उदाहरण निवर्तमान सभामुख कृष्णबहादुर महरा हुन् । भलै महरा जस्तै बाँस्कोटा पनि निर्दोष हुनसक्छन । तर,राजनीतिमा रहनेले नैतिकताको प्रश्नमा अनेकै पटक परीक्षा दिन तयार रहनुपर्छ । जुन परीक्षामा यतिबेला गोकुल बाँस्कोटा परेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रिय मन्त्री गोकुललाई जसरी राजीनामा गराए, यसले उनको भ्रष्टाचारविरुद्धको प्रतिबद्धतालाई पुष्टि गरेको छ । यसबारे थप अनुसन्धान अघि बढाएर प्रम ओलीले गोकुल बाँस्कोटालाई आफू निर्दोष रहेको सावित गर्ने मौका दिउन् र दोषी ठहर भए थप कारवाहीका प्रक्रिया अघि बढाउन् । आफ्नो अभिन्न अंग झैँ माया गरेका नेता गोकुल बास्कोटालाई समेत नछाड्ने प्रधानमन्त्री ओलीले गल्ती गर्ने कसैलाई छाड्दैनन् भन्ने यो संदेश उनको कार्यकालभर भ्रष्टचार विरुद्धको एक अस्त्र बनोस् भन्ने अपेक्षा गरौँ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...