News Portal

  • प्रधानमन्त्रीको जन्मदिन: केक बोक्न हेलिकोप्टर चार्टर्ड, देशको नक्साको केक काटियो, सार्वजनिक बिदा !

    भक्तपुरपोष्ट संवाददाता११ फागुन २०७६
    १४३४ पटक
    ११ फागुन २०७६

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफु जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका ६९ औं जन्मोत्सव विवादित बन्न पुगेको छ । सामाजिक सञ्जालमा केक बोक्न हेलिकप्टर प्रयोग भएको, स्थानीय तहले सार्वजनिक विदा दिएको देखि देशको नक्सा सहितको केक काटिएको विषयको खुब आलोचना भएको छ ।

    तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

    उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो।

    रोचक त के छ भने प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएकाे दावी गरिएकाे । यतिबेला केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जमा प्रधानमन्त्री ओलीको चर्को आलोचन समेत भएको छ ।

    सामाजिक सञ्जालमा उनले केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना भएको छ ।

    केहीले प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य गरेका छन् ।

    नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले फेसबुकमा लेखेका छन् –

    ‘दु:खका साथ यो लेख्दैछु ।
    जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वराेमा सिटामाेल पाएका छैनन । छाेरा छाेरी विदेशका विभिन्न ठाँउमाआफ्नो शरीर, रगत र पसिना रेमिटान्स संग साटी राखेका छन । पशुपतिमा लाशकाे विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरि देशकाे नक्सा भएको केक काट्ने कसले सुझाव दियाे ??? लाज लाग्दैन ???’

    पत्रकार व्याकुल पाठकले सामाजिक सञ्जालमा लेखेका छन्

    ‘नेपाल देश बनेदेखि अहिलेसम्मका प्रधानमन्त्रीमध्ये खड्गप्रसाद ओली जत्तिको नालायक र भ्रष्ट कोही भएन भन्न पछिल्ला घटनाक्रम र यो तस्वीर नै काफी छ १ यसअघिका कुनै पनि प्रमले देशलाई केक बनाएर चाहिँ चपाएका थिएनन् !!
    आशा गरौं उनको यो नालायकी थप देख्नरखेप्न नपरोस् ।’

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...