News Portal

  • ‘टिकटक’ भाइरल भएपछि भक्तपुरका प्रभाग प्रमुख रानीपोखरी तानिए : उनको ठाउँमा पठाइए प्रसाईं

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ फागुन
    ३४१२ पटक
    भक्तपुर, १२ फागुन

    सामाजिक सञ्जाल ‘टिकटक’ मा भिडियो बनाएपछि नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) अप्ठ्यारोमा परेका छन् । प्रहरी बर्दीमै ‘टिकटक’ भिडियो बनाएपछि उनी बिबादमा तानिएका हुन् ।

    ‘टिकटक’ भिडियो बनाएर बिबादित बनेका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा हुन् । भक्तपुरको महानगरीय प्रहरी प्रभाग सुडालका प्रमुख नै रहेका थापाको भिडियो भाइरल भएपछि उनी बिबादमा परेका हुन् । उनलाई सोही कारण प्रभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।

    उनलाई आइतवार भक्तपुरबाट कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छ भने उनको ठाउँमा रानीपोखरीबाटै अर्का सई राजु प्रसाईंलाई पठाइएको छ ।

    सई थापाले एक महिलासंग मिलेर प्रहरी बर्दी र हतियार नै देखाएर टिकटक भिडियो बनाएको देखिएको छ । दिलु मगर ९१ आइडी भएकी उनै महिलाले भिडियो अपलोड गरेकी थिइन् । उनी सई थापाकी श्रीमती रहेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी कार्यालयले रानीपोखरीले जनाएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डीएसपी दिपक गिरीले सई थापा रानीपोखरी तानिएको पुष्टि गरे । ” उहाँलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बोलाएको छ । थप कुरा त्यहीबाट जानकारी लिनुहोला ।” डीएसपी गिरीले भने ।

    महानगरीय प्रहरी प्रमुख रहेका डीआईजी विश्वराज पोखरेलले आइतबार सई थापाविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । सामाजिक संजालमा भाइरल भएको ‘टिकटक’ भिडियोबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...