News Portal

  • एथलेटिक्स प्रतियोगिता सम्पन्न : महानगर ललितपुर र भरतपुरलाई पछि पार्दै भक्तपुर भयो पहिलो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ फागुन
    २२२६ पटक
    भक्तपुर, १२ फागुन

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । १६ नगरपालिकाको सहभागिता रहेको प्रतियोगितामा भक्तपुर नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

    १४ स्वर्ण, १४ रजत र १५ कास्य पदक प्राप्त गरी भक्तपुर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको हो भने दोश्रोमा ललितपुर महानगरपालिका र तेस्रो स्थानमा भरतपुर महानगरपालिकाले पदक हासिल गरेका छन् ।

    ललितपुर महानगरपालिकाले ८ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरी द्वितीय स्थान हासिल गरेको छ भने भरतपुर महानगरपालिकाले ४ स्वर्ण, २ रजत प्राप्त गरी तृतीय स्थान हासिल गर्न सफल भएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

    त्यसैगरी प्रतियोगितामा मन्थली नगरपालिका,किर्तिपुर नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाले पनि पदक जित्न सफल भए भने ७ वटा नगरपालिका पदकको लागि खाता नै नखोली घर फर्कन बाध्य बने ।

    भक्तपुर जिल्लाको अर्को नगरपालिका चाँगुनारायण नगरपालिकाले स्वर्ण हात नपारेपछि २ रजतमा चित्त बुझाउनु परेको छ ।

    पुरुष तर्फको ४२.१९५ कि.मी. म्याराथुन र महिलाको २१.९७ कि.मी. हाफ म्याराथुन दौडमा दुबैमा प्रथम हुँदै भक्तपुर नगरपालिकाले रेकर्ड राख्न सफल भएको छ भने रिले दौडको पनि दुवै समूहको बिजेता बन्न भक्तपुर नगरपालिका सफल भएको छ ।

    सोमबार बिहान भएको प्रतियोगितामा पुरुषतर्फको म्याराथुन दौडमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले २ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दुरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए भने किर्तिपुर नगरपालिकाका धर्म महर्जनले ३ घण्टा ५ मिनेट ५१ सेकेण्डमा दुरी पूरा गरी द्वितीय र भक्तपुर नगरपालिकाका सुरेन्द्र ग्वाछाले ३ घण्टा १० मिनेट १ सेकण्डमा सो दुरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भए ।

    त्यसैगरी महिलाको हाफ म्याराथुनमा भक्तपुर नगरपालिकाका कान्छिमाया कोजुले १ घण्टा २५ मिनेट २१ सेकेण्ड, किर्तिपुर नगरपालिकाका सकुन्तला ठगुन्नाले १ घण्टा ४० मिनेट ५२ सेकेण्ड र भक्तपुर नगरपालिकाका रेष्टिना सितिखुले १ घण्टा ५० मिनेट ४६ सकेण्डमा दुरी पूरा गरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।
    ४ हजार ४०० मिटर पुरुषको रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, मन्थली, चौतारा–सा·ाचोक गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए भने महिलातर्फ रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, ललितपुर, चौदण्डी गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

    आइतबार भएको ४x१०० मि. रिले महिला फाइनल गेमतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागता खाइजु, श्रयस्का शिल्पकार, कसिस गोठे प्रथम, ललितपुर महानपाका काजल बिष्ट, रजिना दुलाल, रफिका अवाले, सुप्रिभा रजत द्वितीय,र उदयपुरको चौदण्डी नगरपालिकाका ईशा राई, सन्दिपा भन्डारी, सुमिना दाहाल, कान्ति राई तृतीय हुन सफल भए ।

    यसैगरी ४x१०० मि. रिले पुरुषातर्फको फाइनल खेलमा भक्तपुर नपाबाट रोहन सुवाल, रोशन पहरी, सुजन थारु, लोकेन्द्र बिष्ट प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ, सूर्य माझी, दिलिप थाकुर, अशोक माझी द्वितीय र ललितपुर महानपाका छिरिङ लामा, रोनिश आचार्य, विकास खाँक थकुरी, सौरव राईले तृतीय स्थान हासिल गरे ।

    ८०० मिटर दौड पुरुष फाइनलतर्फ ललितपुर महानपाका उत्तम श्रेष्ठ प्रथम, चौतारा साँगाचोकगढी नपाका दर्पण श्रेष्ठ द्वितीय र भक्तपुर नपाका सौगात बानियाँ तृतीय हुन सफल भए ।

    ८०० मि. महिला दौडको फाइनलमा ललितपुर महानपाका काजल बिष्ट प्रथम, भक्तपुर नपाका श्रयस्का शिल्पकार द्वितीय, भक्तपुर नपाका उर्जा मधिकर्मी तृतीय हुन सफल भए ।

    ज्याभ्लिङ थ्रो पुरुषातर्फको फाइनल खेलमा भरतपुर महानपाका बिरेन्द्र चौधरी प्रथम, भक्तपुर नपाका लोकेन्द्र बिष्ट द्वितीय र रामेछाप नपाका शिवनाश कडरिया तृतीय हुन सफल भए ।

    ज्याभ्लिङ थ्रो महिलातर्फको फाइनल खेलमा किर्तिपुर नपाका सकुन्तला ठगुनी प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितीय र मन्थली नपाका अनिका कार्कीले तृतीय स्थान हासिल गरे ।

    शनिबारसम्मको फाइनल नतिजा अनुसार १०हजार मिटर पुरुषतर्फ किर्तिपुर नगरपालिकाका धर्म महर्जन प्रथम भएका छन् भने चाँगुनारायणका सागर श्रेष्ठ द्वितिय, र भक्तपुरका सुरेन्द्र ग्वाछा तृतिय हुन सफल भए ।

    डिस्कस थ्रो पुरुषतर्फ मन्थली नपाका सुर्यबहादुर माझी प्रथम, मन्थली नपाका रामकुमार श्रेष्ठ द्वितिय र चौडन्डी नपा उदयपुरका बबिन मगरले तृतिय स्थान हासिल गरे भने सोही खेलको महिलातर्फ पनि मन्थलीकै पुजा तामाङ प्रथम, भक्तपुरका निशा ब्लोन द्वितिय र भक्तपुर नपाका खुशी जयशवाल तृतिय हुन सफल भए ।

    लङजम्प पुरुषतर्फ भरतपुर महा नगरका भुवन महत्तो प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ दितिय र भक्तपुर नपाका रोशन पहरीले तृतिय स्थान हासिल गरे । लङजम्प महिलातर्फको फाइनलमा भने ललितपुर महा नगरका काजल विष्ट प्रथम, भक्तपुर नपाका निशा ब्लोन द्वितिय र चौडन्डी नपाका इसा राई तृतिय हुन सफल भए ।

    यसैगरी, १ हजार मिटर दौडमा महिलातर्फ किर्तिपुर नपाका शकुन्तला ठगुन्ना प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितिय र ललितपुर महानपाका निशा थापा तृतिय हुन सफल भए । ४ सय मिटर दौडमा पुरुषतर्फ भक्तपुर नपाका सुरेन्द्र परियार प्रथम, चौतारा नपा साँगाचोक गढी नपाका दर्पण श्रेष्ठ द्वितिय र वागीश्वरी नपाका विक्रम खड्का तृतिय हुन सफल भए भने ४ सय मिटर दौड महिलामा ललितपुर महानपाका रजिना दुलाल प्रथम, भक्तपुर नपाका श्रयुष्का शिल्पकार द्वितिय र भक्तपुर नपाकै उर्जा मधिकर्मी तृतिय हुन सफल भए ।

    बिहीवार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेको प्रतियोगिता सोमबार नेमकिपा सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा आयोजित पुरस्कार वितरण कार्यक्रम संगै समापन गरिएको छ ।

    प्रतियोगितामा फिल्ड र ट्रयाक इभेन्ट्समा प्रथम हुनेलाई ५ हजार द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने म्याराथुनमा प्रथम हुनेलाई ३० हजार द्वितीयलाई २०हजार र तृतीयलाई १० हजार नगद पुरस्कार पुरस्कृत प्रदान गरिनुका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...