News Portal

  • स्वयंसेवक शिक्षक नियुक्त गर्दै सरकार : यी हुन् योग्यता र छनोट विधि

    भक्तपुरपोष्ट संवाददाता१३ फागुन २०७६
    १६३२ पटक
    १३ फागुन २०७६

    काठमाडौं । सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव टार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ ।मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६ लागु गरेरै आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयमसेवक शिक्षक नियुक्त गर्न लागेको हो ।

    स्वयमसेवकको रूपमा नियुक्त हुने शिक्षकलाई मासिक २४ हजारदेखि ३२ हजार रुपैयाँसम्म पारि श्रमिक दिइने कार्यविधिमा उल्लेख छ । उनीहरूको न्यनूतम शैक्षिक योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्नेछ ।

    यसरी छनोट हुनेछन् स्वयंसेवक शिक्षक
    शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आवेदकहरू मध्येको प्राथमिकताक्रम, विद्यालयको आवश्यकता तथा आवेदकको स्थायी ठेगाना समेतका आधारमा सम्बन्धित इकाइ मार्फत स्वयंसेवकको सूची स्थानीय तह र विद्यालयलाई उपलब्ध गराउने जनाइएको छ ।

    कुनै विषयमा आवश्यकता भन्दा बढी आवेदकहरू भएको अवस्थामा तोकिएको न्यूनतम शैक्षिक योग्यताको आधारमा उच्चतम अङ्क ल्याउने आवेदकलाई छनौट गरी परिचालन गरिने कार्यविधिमा उल्लेख छ ।

    स्वयंसेवक शिक्षकको  नियुक्ति प्रक्रिया
    कर्यविधिमा स्थानीय तहले शिक्षण स्वयंसेवकको स्थानीय तहगत स्वीकृत सूचीबाट आफ्नो क्षेत्रभित्रको विद्यालयको लागि स्वयम्सेवक नियुक्तिको सिफारिस गर्ने उल्लेख छ ।

    यसैगरी, सिफारिस गरेको व्यक्तिलाई सम्बन्धित विद्यालयले सम्झौता गरी नियुक्ति गर्नेछ ।  नियुक्ति भएको मितिले सात दिनभित्र विद्यालयमा हाजिर भई स्वयंसेवकले शिक्षण कार्य प्रारम्भ गर्नुपर्ने साथै, सो अवधिभित्र शिक्षण कार्य प्रारम्भ नगरेमा नियुक्ति स्वतः बदर हुने कार्यविधिमा उल्लेख छ ।

    स्वयंसेवक शिक्षकले कुनै कारणवस कार्य अवधि पूरा नहुँदै सेवा छाड्नु पर्ने भएमा दुई महिना अगावै सम्बन्धित विद्यालयलाई जानकारी गराउनु पर्ने साथै,  रिक्त स्थानमा बाँकी अवधिका लागि मात्र स्थानीय तहले सूचीकृत मध्येबाट सिफारिस गरेको व्यक्तिसँग सम्झौता गरी विद्यालयले नियुक्ति गर्न सक्ने कार्यविधिमा जनाइएको छ ।

    कार्यविधिमा तोकिएअनुसार  स्वयम्सेवक शिक्षक हुन देहाय बमोजिमको योग्यता हुनु पर्नेछ

    (क) नेपाली नागरिक,
    (ख) अठार वर्ष उमेर पूरा भई चालीस वर्ष उमेर ननाघेको,
    (ग) मगज नबिग्रेको,
    (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको,
    (ङ) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको,
    (च) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो  सरहको परीक्षा उत्तीर्ण भएको, तर स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिइनेछ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...