News Portal

  • दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, १३ को मृत्यु

    भक्तपुरपोष्ट संवाददाता१४ फागुन २०७६
    १०४२ पटक
    १४ फागुन २०७६

    एजेन्सी । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् । नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ ।

    नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ। हिंसामा कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ । मारिनेमा १२ जना गैह्रसैनिक हुन् भने एक जना प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्।

    कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्।लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन्।हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन्।पसल तथा घरहरू जलाइएका छन्।पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएका छन्।

    भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन्।गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ।हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको छ।दिल्लीमा पछिल्लो हिंसा आइतवार सुरु भएको थियो जब नागरिकता कानुनका पक्ष र विपक्षमा रहेका समूहबीच झडप भए।

    त्यसपछि ती झडप धार्मिक-साम्प्रदायिक दङ्गामा परिवर्तन भएका छन्।अधिकांश झडप उत्तर-पूर्वी दिल्लीको मुस्लिमबहुल इलाकाहरूमा भएका छन्।ती इलाका राष्ट्रपति ट्रम्पले भारतीय नेताहरूसँग भेटघाट गरेको दिल्लीको केन्द्रबाट करिब १८ किलोमिटर पर छन्।नागरिकता संशोधन ऐन (सीएए) पारित भएदेखि नै त्यसले भारतमा विशाल विरोध प्रदर्शन निम्त्याएको छ।

    तीमध्ये केही प्रदर्शन हिंसात्मक भएका थिए। तर हालसम्म दिल्लीमा भएका प्रदर्शन शान्तिपूर्ण नै थिए।आलोचकहरूले उक्त कानुन मुस्लिम विरोधी भएको भनेका छन्।पत्रकार सम्मेलनका बेला दिल्लीमा भड्किएको हिंसाबारे सोधिएको एक प्रश्नको ट्रम्पले सिधै जबाफ दिएनन्। उनले ‘तीबारे सुनेको’ तर ती घटना ‘भारतले नै’ व्यवस्थापन गर्ने बताए।

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...