News Portal

  • किशोरी बलात्कार गर्ने मन्त्रीका सल्लाहकार पक्राउ

    इभक्तपुर संवाददाता
    १२०७ पटक

    काठमाडौं, १४ फागुन । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेबाट एक किशोरी बलात्कृत भएकी छन्। सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको छ।

    काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर ल्याएका थिए।बनेपाबाट काठमाडौं आउने क्रममा उनले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै भएको बताएर आफूतर्फ आकर्षित गरेका थिए।

    ती किशोरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर गत माघ २७ गते आफ्नो फ्ल्याट टोखामा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

    किशोरीले फागुन १ गते गोप्य रुपमा यस घटनाबारे परिवारलाई बताएपछि सोही सूचनाका आधारमा घलेलाई पक्राउ गरिएको र युवतीको उद्दार गरिएको बोगटीले बताए। पक्राउ परेका घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दामा अनुसन्धान भइरहेको छ। उनले बलात्कार गर्ने बेला भियग्रासमेत खाएको खुल्न आएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...