News Portal

  • राष्ट्रियसभामा निर्वाचित १८ सांसदको सपथ आज

    भक्तपुरपोष्ट संवाददाता२१ फागुन २०७६
    १४५० पटक
    २१ फागुन २०७६

    काठमाडौं ।  राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएर विदा भएका १९ जना सांसदको स्थानमा आज नव निर्वाचित सांसदहरुको सपथ हुँदै छ । रिक्त हुन लागेका एक तिहाई सांसदका लागि एक महिना अघि (माघ ९ गते) नै निर्वाचन भएको थियो । निर्वाचित १८ जना सांसदले आज बुधबार सपथ लिएर कार्यकाल सुरु गर्दैछन् ।

    माघ ९ मा भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई सांसद निर्वाचित भएका थिए । कांग्रेसले भने एक सिट पनि जित्न सकेन । नेकपाबाट निर्वाचित गोपी अछामी, इन्दिरा गौतम, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंंगाकुमारी वेल्वासे, वेदुराम भुषाल, भगवती न्यौपाने, नारायणकाजी  श्रेष्ठ, गोपाल भट्टराई, बिमला घिमिरे, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, सुमित्रा विसी, शारदा देवी भट्ट र तारामान स्वारले आज सपथ लिँदैछन् । नेकपासँग चुनावी तालमेलबाट दुई सिट जितेको राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवको कार्यकाल पनि बुधवारबाट सुरु हुनेछ ।

    नवनिर्वाचितको सपथ आज बुधबार बिहान ११ हुने संघीय संसद सचिवालय जानकारी दिएको छ ।  नवनिर्वाचित सांसदको कार्यकाल भने ६ वर्षकै हुनेछ ।

    प्रत्येक २ वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था छ । संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ । सरकारका काम कारवाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरिह’ बन्ने देखिन्छ । राष्ट्रिय सभामा नेकपा ५०, कांग्रेस ६, राजपा २ र समाजवादी पार्टीको १ सिट मात्र छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन् । ३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन् । स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । एक तिहाई सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

    राष्ट्रियसभा सदस्यको पदावधि सकिएसँगै युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेकको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...