News Portal

  • रोल्पामा नगर पुस्तकालय स्थापना

    महेश न्यौपाने/रोल्पा२१ फागुन २०७६
    ८१० पटक
    २१ फागुन २०७६

    रोल्पा नगरपालिकाले सार्वजनिक पुस्तकालय स्थापना गरेको छ । एक वडा एक पुस्तकालयको कार्यक्रम अघि सारेको नगरपालिकाले सदरमुकाम लिवाङमा पुस्तकालय स्थापना गरेको हो ।

    नगरपालिकाको निर्माण सामग्री  सहयोग र खडक दल गण रोल्पाको श्रम सहयोगमा निर्माण गरिएको सो पुस्तकालय भवनको बुधवार पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् ।

    रोल्पा  नगर पुस्तकालय नामाकरण गरिएको सो पुस्तकालयका लागि पूर्व सभामुख कृष्णवहादुर महरालगायतले पुस्तक हस्तान्तरण गरेका  थिए । महराले चीनका राष्ट्रपति किम ईल जुङको  जीवनी, आफु अर्थमन्त्री हुँदाको बजेट  नीति तथा कार्यक्रम समेटीएको पुस्तक तथा आफ्नो जेठो छोरा  निर्मल महराद्वारा लिखित दश वर्षे जनयुद्ध फर्केर  हेर्दा भन्ने पुस्तक नगर प्रमुख पूर्ण केसीलाई हस्तान्तरण गरेका थिए ।

    सोही कार्यक्रममा खडक दल गणको तर्फवाट समेत पुस्तकालयका  लागि केही पुस्तक  हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जिल्लामा रहेका पत्रकार,  साहित्यकारलगायतले समेत पुस्तकालयका लागी पुस्तक हस्तान्तरण गरेका थिए । आगामी दिनमा नगरपालिका तथा पाठक र सुभेच्छुकहरुको सहयोगवाट पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।

    पुस्तकालय उद्घाटन कार्यक्रममा  बोल्दै पूर्व  सभामुख कृष्ण बहादुर महराले आफु जेल बस्दा लेखेको संस्मरणात्मक पुस्तक प्रकाशन गर्न लागेको बताए । ‘वि.पि जेल बस्दा जेल जर्नल लेखेका थिए मैले जेल जीवन नामक पुस्तक लेख्दैछु’– महराले भने ।

    आफु पुस्तक पढ्न निकै मन पराउने व्यक्ति भएको बताउदै महराले पुस्तकालय अझै ठूलो आकारमा विकास गर्न सुझाब दिए । पठन संस्कति प्रति नयाँ पुस्ताको आकर्षण हराउदै गएको बताउदै पुस्तकालयले पठन संस्कृतिको  विकासमा टेवा पुर्याउने महराको भनाई थियो ।

    उद्घाटन कार्यक्रममा नेपाली  कांग्रेसका नेता एवम पूर्व सांसद लेखनाथ आचार्य, प्रदेश ५ सभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजवहादुर बुढाको आतिथ्यता रहेको थियो । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको  अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख मनकुमारी घर्तीको स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन देवी गुरुङले गरेकी थिईन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...