News Portal

  • नेकपा कास्कीको एकीकरण प्रक्रियाले पायो पूर्णता

    भक्तपुरपोष्ट संवाददाता२१ फागुन २०७६
    १२३३ पटक
    २१ फागुन २०७६

    कास्की । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि कास्कीमा पार्टी कमिटी एकीकरण प्रक्रियाले पूर्णता पाएको छ ।

    नेकपाको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका चारवटै गाउँपालिकाका अध्यक्ष र सचिव चयन, महानगर कमिटी तथा जिल्ला सचिवालय समिति गठनलाई पूर्णता दिएको जनाइएको छ । चार गाउँपालिका मध्य रुपा र माछापुच्छ्रेको नेतृत्व पूर्वएमाले तथा मादी र अन्नपूर्णको नेतृत्व पूर्वमाओवादीले पाएको छ । मादीको कमिटीको अध्यक्षमा कृष्ण दाहाल तथा सचिव पदमप्रसाद पौडेल तथा रुपामा अध्यक्ष सवाबक्स मियाँ तथा सचिव नवराज बराल चयन भएका छन् ।

    अन्नपूर्णमा अध्यक्षमा धर्मप्रसाद तमु र सचिव लक्ष्मीप्रशाद अधिकारी तथा माछापुच्छ्रेमा कमिटी अध्यक्षमा जगन्नाथ बाँस्तोला र सचिव वैकुण्ठप्रसाद भण्डारीलाई सर्वसम्मत निर्णय गरी अनुमोदनका लागि पार्टी प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटीका सचिव बखानसिँह गुरुङले जानकारी दिए । पोखरा महानगर कमिटीका अध्यक्ष र सचिव भने गत असोजमै चयन भएका थिए । नेकपाले भागबन्डाका आधारमा स्थानीय तहको नेतृत्व तथा कमिटी सदस्य टुङ्गो लगाएको हो । बैठकले ५१ सदस्यीय जिल्ला सचिवालय कमिटीसमेत गठन गरेको हो । सचिवालयमा पूर्वएमालेबाट २९ र माओवादीबाट २२ सदस्य छन् ।

    त्यसैगरी सात सदस्सीय जिल्ला कार्यालयमा कल्पना पाण्डे र भीमबहादुर विकलाई चयन गरिएको सचिव गुरुङले भक्तपुर पोष्टलाई जानकारी दिए । बैठकले १२५ सदस्यीय महानगर कमिटीसमेत टुङ्गो लगाएर अनुमोदनका लागि सिफारिस गरिएको बताइएको छ । गाउँपालिकामा लामो समय नेतृत्व चयन नहुँदा पार्टीका गतिविधि नहुँदा कार्यकर्ताले निरासा व्यक्त गरेका थिए ।

    पार्टी समायोजनका काम सम्पन्न भएपछि नेकपाले आगामी चैत १ गतेदेखि शुभारम्भ हुने तीनमहिने जनसम्बन्ध विकास तथा सङ्गठन सुदृढीकरण केन्द्रीय अभियानमा जिल्लामा सञ्चालन गर्ने पार्टी अध्यक्ष कृष्ण थापाले भक्तपुर पोष्टलाई बताए । अभियानका क्रममा जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिइने, निर्वाचन क्षेत्रीय कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च बनाउने तथा दुवै तर्फका पार्टी सदस्यलाई एकाइमा गोलबन्द गर्ने र चैत मसान्त भित्रमा सबै नवीकरण सम्पन्न गरिने थापाले उल्लेख गरे।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...