News Portal

  • राधेराधेमा मानव अस्थिपन्जर फेला परेको प्रहरीको पुष्टि : यसरी भेटियो अस्थिपन्जर

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २२ फागुन
    २८५९ पटक
    भक्तपुर, २२ फागुन

    फाइल तस्वीर

    भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो ।

    महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी शान्तिराज कोइरालाले बुधवार मानव अस्थिपन्जर फेला परेको पुष्टि गरे । उनका अनुसार स्थानीय राजेश श्रेष्ठको जग्गामा रहेको झाडीमा उक्त अस्थिपन्जर फेला परेको हो । ”जग्गाधनीले जग्गा भाडामा दिएपछि झाडी फाड्ने क्रममा बुधवार दिउँसो अस्थिपन्जर फेला परेको हो ।” डीएसपी कोइरालाले भक्तपुर पोस्टसंग भने ।

    खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उक्त अस्थिपन्जर पुरुषको भएको अनुमान लगाएको छ । तर, अस्थिपन्जर मात्र भएकोले थप अनुसन्धान जटिल बनेको बताइएको छ । अस्थिपन्जर पनि टुक्रिएको अवस्थामा भेटिएकोले करिव १ वर्ष पुरानो शव हुनसक्ने प्रहरीको अनुमान छ ।

    लुगाको कारण अस्थिपन्जर पहिचान हुन सक्ने प्रहरीको आशा छ । ”अस्थिपन्जरलाई बुधबार साँझ नै त्रिवि शिक्षण अस्पताल पठाइएको छ । फरेन्सिक परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्छ ।” डीएसपी कोइरालाले भने । अस्थिपन्जर पहिचान भएपछि मात्र हत्या वा मृत्यु बारे अनुसन्धान गर्न सजिलो हुने प्रहरीको भनाइ छ । झाडीमा भेटिएकोले हत्या गरी शव फालिएको हुनसक्ने आसंका गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...