News Portal

  • चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

    इभक्तपुर संवाददाता
    ९८० पटक

    चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व( पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१७३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएको हो ।

    बसमा सवार ३४ जनामध्ये नौ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराम थापाले जानकारी दिए । उनीहरुको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा भारत कलकत्ता खडी सिंगापर बस्ने २४ वर्षीय आइजाबु हुसेन, भारत समस्तीपुर बस्ने ५५ वर्षीया मिनादेवी राम, भारत मुसिदावाद बस्ने वर्ष २९ का मिठु सेठ, सोही स्थानका ५२ वर्षीय जादुर हुसेन रहेका छन् ।

    अन्य घाइते हुनेहरुमा सुनसरीको इटहरी नगरपालिका–१ बस्ने २९ वर्षीय मनिकराम चौधरी, सुनसरीको इटहरी नगरपालिका–१६ का ४१ वर्षीय मिलन श्रेष्ठ, इटहरी नगरपालिका–१० बस्ने १९ वर्षीय सन्तोष कुमार चौधरी, इटहरी–१७ बस्ने ४५ वर्षीय सुरेश कुमार चौधरी र इटहरी–४ रामधुनी बस्ने २६ वर्षीय नविन चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...