News Portal

  • बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग स्थगित

    भक्तपुरपोष्ट संवाददाता२२ फागुन २०७६
    १०२२ पटक
    २२ फागुन २०७६

    काठमाडौँ । आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस९कोभिड–१९० को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको ईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।

    कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएको थियो ।प्रतियोगिता स्थगित गर्नुपर्दा दुःख लागे पनि सम्पूर्ण नेपाली नागरिक तथा विदेशी खेलाडीको स्वास्थ्य नै ठूलो कुरा भएकाले प्रतियोगिता स्थगित गरिएको अख्तरले बताए ।

    कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिकाबारे जानकारी दिइने प्रबन्ध निर्देशक अख्तरले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...