News Portal

  • कोरोना संक्रमण रोकथामका लागि शिक्षा मन्त्रालयको जरुरी सूचना

    भक्तपुरपोष्ट संवाददाता२२ फागुन २०७६
    १६१५ पटक
    २२ फागुन २०७६

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमणबारे विशेष सूचना जारी गरेको छ ।

    मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाममा विश्वविद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष ध्यान दिन अनुरोध गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धमा बिद्यालयरशिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा अनुरोध

    १. विद्यालयरशिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्वन्धमा देहायका कार्यगरी सचेतना जगाउने कार्यक्रम गर्नेः

    -विद्यार्थीहरुलाई हरेक दिन संक्रमणबाट बच्ने उपायहरु वारे वताउने,
    -कक्षा शिक्षकले विद्यार्थीहरुलाई हरेक दिन कोरोना भाइरसवारे सूचना तथा जानकारी उपलब्ध गराउने,
    -संक्रमणबाट बच्ने उपायहरु सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसवारे पढ्न र छलफल गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने,
    -कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका वेबसाइटहरुको ठेगानाबारे जानकारी दिएर सवै विद्यार्थीहरुलाई सूचित हुने अबस्था सिर्जना गर्ने,
    -स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने ।

    २. स्वास्थ्यका दृष्टिले सुरक्षित हुन देहायका बानीरब्यवहारहरु अवलम्बन गर्न सुझाव दिनेः

    – भीडभाड भएको ठाउँमा सकभर नजाने,
    -राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवम् खानेकुराहरु नखाने,
    -साबुन पानीले पटक पटक राम्ररी हात धुने,
    – खाना खाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने,
    -हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने ।

    ३. कुनै विद्यार्थीलाई ज्वरो रुघाखोकी देखिएमाः

    -विद्यालयरशिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहरुबाट अलग्गै राख्ने,
    -शिघ्र अभिभावकलाई सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउने,
    -नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाह अनुसार उपचार गर्ने गराउने,
    – ज्वरो र रुघाखोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिहरुलाई  घरमा सुरक्षित तवरले अलग्गै ठाँउ (isolation)मा राख्ने ।

    ४. स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, साँस्कृतिक कार्यक्रम जस्ता समारोह आयोजना नगर्ने ।

    ५. सामूहिक पिकनिक वा शैक्षिक भ्रमण जस्ता कार्यक्रम स्थगन गर्ने ।

    ५. शिक्षण संस्थाहरुबीच सूचनाको नेटवर्क गर्नेः

    -आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने ब्यवस्था गर्न विद्यालयरशिक्षण संस्थामा फोकल पोईन्ट तोक्ने,
    -अनावश्यक हल्लाले विद्यार्थीहरुलाइ त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउने,
    -संक्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवम् एकान्तर अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिने,
    -सरकारी आधिकारिक निकायबाट आउने सूचना सवैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्ने,

    थप जानकारीका लागि शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्डका वेबसाइट हेर्ने, ति निकायहरुमा रहेको सम्पर्क डेस्कहरुवाट थप सूचना वा जानकारी लिने र सोही बमोजिम सूचना एवम् जानकारीहरु सम्प्रेषण गर्ने गराउने व्यवस्था मिलाउने ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...