News Portal

  • माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

    इभक्तपुर संवाददाता
    ७५० पटक

    काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको उजुरी परेपछि नेपालगञ्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट प्रतिव्यक्ति ६–६ लाख लिएको र कुवेत पठाइदिन्छु भन्दै ३४ जनाबाट प्रतिव्यक्ति ४–४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा आइपुगेका छन् ।

    श्रेष्ठकी श्रीमतीले पनि परिसरमा आएर पैसा फिर्ता गरिदिने भन्दै पीडितहरुलाई आश्वसन दिएकी थिइन् । पीडित र श्रेष्ठकी श्रीमतीबीच छलफल जारी छ । श्रेष्ठले सुन्धारास्थित सिटीसी मलमा मसाज सेन्टर चलाउँदै आएका छन् ।

    उक्त मसाज सेन्टरबाट ५६ थान पासपोर्ट बरामद भएको डिएसपी बोगटीले जानकारी दिए । ‘कुबेत र माल्टाका परराष्ट्र अधिकारीहरुसँग आफ्नो चिनजान रहेको भन्दै श्रेष्ठले ठगी गर्ने गरेको पाइएको छ’ डिएसपी बोगटीले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...