News Portal

  • अनेरास्ववियू भक्तपुर कमिटीले पायो पूर्णता : सानोठिमी र भक्तपुर क्याम्पसमा तोकिए कमान्डर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ फागुन
    २९७५ पटक
    भक्तपुर, २५ फागुन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । उक्त युनियनको भक्तपुर जिल्ला संयोजक सुवास तिमिल्सिना र सह-संयोजक विराज थापाको संयुक्त बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको हो ।

    सह-संयोजक बिराज थापाका अनुसार भक्तपुर जिल्ला कमिटी ६१ सदस्यीय बनेको छ । जसमा तत्कालिन अनेरास्ववियुबाट ३१ जना चयन भएका छन् भने बाँकी तत्कालीन अखिल (क्रान्तिकारी) बाट चयन भएका बताइएको छ ।

    तत्कालीन अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को एकतापछि बनेको नयाँ संगठनको भक्तपुर जिल्ला कमिटीलाई पूर्णता दिएको बैठकले सानोठिमी क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पसका लागि  नेतृत्व पनि चयन गरेको छ ।

    भक्तपुर पोस्टलाई प्राप्त संगठनले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार सानोठिमी क्याम्पसमा संयोजक प्रकाश केसी र सह संयोजक गोरख केसी चयन भएका छन् भने भक्तपुर बहुमुखी क्याम्पसमा संयोजक दिपक बहादुर बिष्ट र सह संयोजक कृष्ण रानाभाटलाई चयन गरिएको छ । उनीहरुलाई ५१ सदस्यीय क्याम्पस कमिटी बनाउन म्यान्डेट दिइएको छ ।

    केन्द्रीय सदस्यहरु रमेश खड्का, जयराम बास्तोला, निश्चल ढुंगेल र पार्वती शर्मा सहित बसेको जिल्ला संयोजक तिमिल्सिना र सह-संयोजक थापाको संयुक्त बैठकले भक्तपुर जिल्ला कमीटीलाई पूर्णता दिएको र क्याम्पस कमिटीको नेतृत्व चयन गरेको हो । यस संगै अब भक्तपुरमा संगठनले गति लिने अनेरास्ववियुको भक्तपुर सह-संयोजक बिराज थापाले भक्तपुर पोस्टलाई बताए ।

    हेर्नुस् प्रेस बिज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...