News Portal

  • स्वयंसेवक शिक्षक होइनन् ‘स्वयंसेवक’ मात्रै हुन्

    भक्तपुरपोष्ट संवाददाता२६ फागुन २०७६
    १८४२ पटक
    २६ फागुन २०७६

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले विद्यालयमा नियुक्ति गर्न खोजिएको शिक्षण स्वयंसेवकहरु शिक्षक नभइ स्वयंसेवक मात्रै भएको जनाएको छ ।
    शिक्षा सचिव महेश दहालले स्नातक र स्नातकोत्तर युवाहरुलाई स्वयंसेवा गर्न सरकारले विद्यालयमा पठाउन मात्रै खोजेको स्पष्ट पारेका छन् ।

    शिक्षण स्वयंसेवक समन्वय तथा परिचालन समितिका संयोजकसमेत रहेका सचिव दहालले विद्यालयमा पढेलेखेका युवाहरु पठाउँदा केही सुधार भइहाल्छ कि भनेर परिक्षण मात्रै गरिएको भक्तपुर पोष्टलाई बताए ।

    ‘एकातिर बजारमा शिक्षित बेरोजगार छन् अर्कोतर्फ विद्यालयमा विषयगत शिक्षक अभाव छन्’– सचिव दहालले भने, ‘युवाहरु गएर विद्यालयमा पठनपाठन, शैक्षिक क्रियाकलाप, ज्ञानको आदानप्रदान, प्रविधिको प्रयोग गर्न शुरु गरे केही सुधार भइहाल्छ कि ।’

    स्वेच्छिक नियुक्ति प्रक्रिया भएकाले उनीहरुलाई शिक्षकको जस्तो तलव नभएर निर्वाह भक्ता दिइने र एकवर्षको समयावधि तोकिएकाले यसबारे कोही भ्रममा पर्न आवश्यक नभएको उनले स्पष्ट पारे ।
    विद्यालयमा सकभर स्थायी शिक्षककै पदपूर्ति गर्ने गरी सरकारले तयारी गरिरहेको भन्दै दरबन्दी थप्ने, आयोग खुलाउने प्रक्रियामा काम भइरहेको उनले स्पष्ट पारे ।

    यसवर्ष स्वयंसेवकका लागि ५० करोड विनियोजन भएकाले १५ सयको हाराहारीमा स्वयंसेवक परिचालन गर्न खोजिएको भन्दै सचिव दहालले आवश्यकता र प्रभावकारिताको आधारमा आगामी दिनमा संख्या बढाउने, निरन्तरता दिन सकिने बताए ।

    ‘अहिले शिक्षक नभइ स्वयंसेवक विद्यालय जानेछन्, नलेज, व्यवहार, सीप सेयरिङ गर्नेछन्, यसले विद्यालयको सुशासन, पारदर्शीता, गुणस्तर आदिमा सुधार आउने अपेक्षा लिइएको छ’– सचिवले दहालले भने ।

    अनलाइन मार्फत आवेदन लिइने र उनीहरुको शैक्षिक प्रमाणपत्रको उपलब्धिको आधारमा मेरिट लिस्ट अनुसार छनोट हुने भएकाले यसमा आफ्ना पराईको प्रश्न नै नभएको दहालले स्पष्ट पारे ।
    ‘विद्यालयमा हुने नपढाउने संस्कृति, अपारदर्शीता, अल्छिपनलाई युवाहरु गएर मिहिनेत गरेभने हेरेर पनि केही सुधार होला भनेर यसो गरिएको हो । एकातिर युवाहरुले देशका लागि स्वयंसेवा पनि गर्नपाउने र अर्कोतर्फ केहीहदसम्म विषयगत शिक्षक अभावको समस्या पनि यसले समाधान गर्नेछ ।’ सचिव दहालले भक्तपुर पोष्टसँग भने ।

    यसैगरी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले स्नातक र स्नातकोत्तर गरेका युवाहरुलाई देशको परिस्थिति बुझ्ने अवसर र शिक्षक अभाव भएको विद्यालयमा पढाइ नरोकियोस भनेर यो प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

    जुनसुकै विषयमा नभएर अङ्ग्रेजी, विज्ञान र गणित तथा प्राविधिक विषयमा मात्रै स्वयंसेवा गर्न पाइने, नियुक्ति नै एकवर्षे स्वयंसेवकका रुपमा हुने भएकाले फेरी अर्को खालको शिक्षक आन्दोलनको समस्या नरहेको उनले स्पष्ट पारे ।

    ‘शिक्षक भए पो शिक्षक आन्दोलन गर्ने, डाक्टर, इञ्जिनियरिङ, कृषिमा जस्तो गाउँमा गएर स्वेच्छिक स्वयंसेवागर्ने हो, एकवर्षपछि सर्टीफिकेट दिएर विदा गछौं ।’ डा. थपलियाले भक्तपुर पोष्टसँग भने – ‘तत्कालका लागि आवेदन दिएका मध्ये मेरिटलिस्टका आधारमा ६४८ स्थानीय तहमा परिचालन गर्ने हो, शिक्षक छनोटको प्रक्रिया चलि नै रहन्छ ।’

    केन्द्रले शिक्षण स्वयंसेवाका लागि आवेदन खुलाएको ३ दिनमै ४ हजार बढी आवेदन परेको जनाएको छ । केन्द्रका अनुसार पहिलो दिनमा नै झण्डै दुईहजार बढीले अनलाइन आवेदन भरेका छन् । केन्द्रले एक वर्षका लागि एक हजार पाँच सय स्वयंसेवक शिक्षकको माग गर्दै आवेदन खुल्ला गरेकोमा १२ हजारभन्दा बढीले अनलाईन आवेदन फाराम भरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...