News Portal

  • गृहमन्त्री बादलका भाइद्वारा सुटुक्क आत्मसमर्पण

    भक्तपुरपोष्ट संवाददाता२७ फागुन २०७६
    ८६७ पटक
    २७ फागुन २०७६

    काठमाडौं। गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । उनले गत सोमबार जेलमै पुगेर आत्मसमर्पण गरेको रहस्य खुलेको छ । स्रोतले दिएको जानकारी अनुसार नरेश अहिले कारागारमै रहेका छन् ।

    निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा नरेशको सम्पर्क बस्न्त्यातसँग रहेको रहस्य खुलेको थियो। ब्यूरोले नरेशलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेपनि उनी छुटेका थिए।

    थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले थापालाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको थियो ।

    जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न गरेको आदेश उच्च अदालत, पाटनले माघ तेस्रो साता बदर गरेको थियो । त्यसयता उनी फरार थिए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको थियो । अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।

    गौचनको हत्या अभियोगमा पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जोहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।

    जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...