News Portal

  • आफैं वुहान पुगेर राष्ट्रपति सी चिनफिङले गरे कोरोना नियन्त्रणमा आएको उद्घोष

    भक्तपुरपोस्ट संवाददाता २७ फागुन २०७६
    १२३७ पटक
    २७ फागुन २०७६

    भक्तपुर । चिनियाँ राष्ट्रपति सी चिनफिङले हुपेइ प्रान्त र वुहान शहरमा कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन्।

    मंगलबार कोरोनाको उद्गमस्थल मानिएको वुहान शहरमै पुगेर सीले कोरोना भाइरस हुपेइ र वुहानमा नियन्त्रणमा ल्याउन सकेको बताएको सिन्ह्वाले जनाएको छ। सीले कोरोनाको उपचारमा खटेका हुपेइका स्वास्थ्य अधिकारी, प्रहरी तथा सेनालाई धन्यवाद दिएका थिए।

    चिनियाँ राष्ट्रपति वुहान पुगेसँगै चीनमा कोरोनाको प्रकोप टरेर गरेको विश्लेषण गरिएको छ। हाल चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ।

    चीनमा गएको २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ भने १९ संक्रमित बनेका छन्। हाल विश्वभर १ लाख १३ हजार ३७८ मानिसहरुमा कोरोनको संक्रमण पुष्टि भएको छ।

    हालसम्म ४ हजार ९ को मृत्यु भइसक्दा ६३ हजार ९१३ उपचारपछि स्वस्थ बनेका छन्।

    कोरोनाबाट प्रभावित मुख्य देशहरु

    १. चीनः ८० हजार ७५४ संक्रमित, ३ हजार १३६ को मत्यु

    २. इटलीः ९ हजार १७२ संक्रमित, ४६३ को मत्यु

    ३. दक्षिण कोरियाः ७ हजार ५१३ संक्रमित, ५४ को मृत्यु

    ४. इरानः ७ हजार १६१ संक्रमित, २३७ को मृत्यु

    ५. फ्रान्सः १ हजार १९१ संक्रमित, २१ को मृत्यु

    ६. जर्मनीः १ हजार १३९ संक्रमित, २ को मृत्यु

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...