News Portal

  • कांग्रेस त्यागेका सिंधिया भाजपामा प्रवेश

    भक्तपुरपोष्ट संवाददाता२८ फागुन २०७६
    १२५८ पटक
    २८ फागुन २०७६

    दिल्ली । कांग्रेस परीत्याग गरेका  ज्योतिरादित्य सिंधिया सत्तारुढ भारतीय जनता पार्टी भाजपा प्रवेश गरेका छन् । मंगलबार पार्टी परीत्याग गरेको घोषणा गरेका सिंधियाले बुधबार भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको उपस्थितीमा भाजपाको सदस्यता स्वीकार गरेका हुन् ।

    मध्यप्रदेशका प्रभावशाली नेताका रुपमा लिइने उनले कांग्रेस पार्टी पहिलेजस्तो नरहेका कारण आफूले पार्टी परित्याग गर्नु परेको जनाए । उनले कांग्रस पार्टीले नया नेतृत्व एवं नयाँ विचारलाई नकारेका कारण आजको अवस्थामा आइपुगेको आरोप पनि लगाए । उनले मंगलबार एकाएक पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पार्टी परित्याग गर्नुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग परामर्श लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मध्यप्रदेशमा गत वर्ष भएको विधानसभा निर्वाचनयता सिन्धिया पार्टीप्रति असन्तुष्ट रहँदै आएका थिए । निर्वाचनमा जीत हासिल गरेपछि उनले त्यहाँ मुख्यमन्त्री पदको अपेक्षा गरेका थिए । तर, पार्टीले उनको स्थानमा कमलनाथलाई मुख्यमन्त्री बनाएको थियो ।सिन्धियाले पार्टी परित्याग गरेलगत्तै उनीसँगै २२ जना विधायकले पार्टीबाट राजीनामा दिने बताइसकेपनि उनीहरुको राजीनामाबारे स्पष्ट खुलासा भइसकेको छैन ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...