News Portal

  • भक्तपुरको गठ्ठाघरबाट डिएफओ रंगेहात अख्तियारको फन्दामा

    भक्तपुरपोष्ट संवाददाता
    ६८०६ पटक

    भक्तपुर, २९ फागुन । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ । एक सेवाग्राहीसँग घुस लिएर दोलखा बाट हिडेको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो । उनको साथबाट २ लाख ४ हजार नगद समेत बरामद गरेको अख्तियारका एक अनुसन्धान अधिकृतले भक्तपुर पोस्टलाई  जानकारी दिए । आज बिहीबार साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरमा उनी चढेको बा१झ  ७६८५ नम्बरको गाडी नियन्त्रणमा लिएर उनको साथमा रहेको रकम बरामद गरेको उनले जानकारी दिए । अख्तियारले अनुसन्धान गरिरहदा हेर्ने सर्वसाधारणको भीड लागेको छ ।

    अख्तियारको टोलीले ६ बजे उनलाई नियन्त्रणमा लिएर उनको साथमा रहेको सबै सामानको मुचुल्का समेत उठाइरहेको छ । उनलाई नियन्त्रणमा लिएको र थप आवश्यक अनुसन्धान हुने अख्तियार टोलीले जनाएको छ ।

    तस्वीर : भक्तपुर पोस्ट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...