News Portal

  • कोरोना भाइरसको संक्रमणबाट भारत पनि एक व्यक्तिको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता३० फागुन २०७६
    ७८० पटक
    ३० फागुन २०७६

    एजेन्सी । भारतमा पनि कोरोनाभाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको हो ।

    उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए।राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारन्टीनमा राख्ने प्रयास भइरहेको छ।

    भारतमा अहिलेसम्म ७३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको सरकारले जनाएको छ। ती वृद्धको मृत्यु मङ्गलवार भएको थियो। तर उनको परीक्षणको प्रतिवेदन बिहीवार सार्वजनिक गरिएको थियो ।

    भारतीय अधिकारीहरूका अनुसार साउदी अरबबाट फर्किँदा विमानस्थलमा उनलाई जाँचिएको थियो। तर त्यति बेला उनमा कोभिड-१९ का कुनै लक्षण देखिएको थिएन।तर एक हप्तापछि अर्थात् मार्च ५ मा उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल लागिएको थियो ।

    कोरोना भाइरसको प्रकोप फैलिएपछि अमेरिकाले रक्षा मन्त्रीको भारत भ्रमण पनि रद्द गरेको छ । रक्षा मन्त्रीले भ्रमण रद्द गरेको मन्त्रालयलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन् ।

    अमेरिकी रक्षा मन्त्री मार्क स्पेयरको १५–१६ मार्चमा भारत आउने कार्यक्रम थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...