News Portal

  • धनुषामा विषाक्त मदिरा सेवनबाट १२ को मृत्यु, उत्पादनमा संलग्न ७ पक्राउ

    भक्तपुरपोष्ट संवाददाता१ चैत २०७६
    ९५७ पटक
    १ चैत २०७६

    धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा दुईसातायता विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

    ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीय उमेश यादवले जानकारी दिए।होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली घरमा बस्दै आएका धनुषाकै रूपैठाका राजु महरासहित ५ जनाको बुधबार र बिहीबार मृत्यु भएको थियो।

    दुईसाता अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको पुष्टि भएको छ।प्रहरीले भने बुधबार यता ज्यान गुमाउने ७ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ। ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिलेसम्म ७ जनाको मात्रै मृत्यु भएको दाबी गरे।

    तर स्थानीयले भने बुधबार यता मात्रै मदिरा पिउँदा ८ जनाको मृत्यु भइसकेको बताएका छन्। ‌मदिरा सेबनबाट ५ जना सिकिस्त छन्। उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। बस्तीकै रामइशर महरा, प्रदीप सदा, भरत सदा र भरत मण्डलको जानकी मेडिकल शिक्षण अस्पताल र सीतारम यादवको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ। रामइशर र सीतारामको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्।

    प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका-३ का जगतनारायण मण्डल, धनुषा लक्ष्मिनियाँ गाउँपालिका-६ बगेवाका नवीन यादवलाई पक्राउ गरिएको हो।

    घटना अनुसन्धान र सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...