News Portal

  • कोरोना भाइरसबाट बच्न सरकारले बनायो ४ वटा यस्तो रणनीति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत
    १३४१ पटक
    भक्तपुर, २ चैत

    सरकारले कोरोना भाइरस (कोभिड १९)बाट बच्न ४ वटा विशेष रणनीति बनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले ४ वटा रणनीति अघि बढाउने निर्णय गरेको हो ।

    आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा चारबुँदे रणनीति अघि बढाउने निर्णय भएको सहभागी एक मन्त्रीले भक्तपुर पोस्टलाई बताए ।

    सरकारले पहिलो रणनीतिको रुपमा सङ्क्रमित बिरामीलाई देशभित्र प्रवेश गर्न निषेध गर्ने बताइएको छ । उच्च सतर्कता अपनाई सङ्क्रमित बिरामीलाई देशभित्र प्रवेश गर्न नदिने व्यवस्था मिलाउने रणनीति लिइएको हो ।

    सरकारको अर्को रणनीति भनेको कोरोनाबारे जनचेतना जागृत गराउने रहेको छ । कोरोना भाइरस बाट जोगिने उपायहरुबारे जनतालाई सहि सूचना प्रवाह गर्दै संक्रमण भैहाले अरुलाई नसार्न सजक र जिम्मेवार बनाउने बताइएको छ ।

    त्यसैगरी सरकारले कोरोना संक्रमणको आसंका भएमा निगरानी गर्ने र आवस्यक भए क्वारेन्टाइनको व्यवस्था मिलाउने रणनीति लिएको छ । यस अघि सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने र जनता आफै क्वारेन्टाइनमा बस्नुपर्ने अभिव्यक्ति दिएपछि उनको आलोचना हुँदै आएको थियो ।

    सरकारले अन्तिम रणनीतिको रुपमा बिरामीको उपचार र व्यवस्थापन प्रभावकारी तुल्याइने रणनीति लिएको छ । नेपालमा कोरोनाबाट संक्रमण भएमा बिरामीको उपचार र व्यवस्थापन प्रभावकारी बनाउने निर्णय भएको बताइएको छ ।

    उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अध्यक्षता गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री एवं सामाजिक विकासमन्त्रीहरु तथा स्थानीय तहका प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...