News Portal

  • मातातीर्थबाट भक्तपुर बिजुली लैजाने २० वर्षदेखिको योजना सफल पार्दै उर्जा मन्त्री पुन

    भक्तपुरपोष्ट संवाददाता२ चैत २०७६
    ११८२ पटक
    २ चैत २०७६

    काठमाडौं । अन्ततः २० वर्ष पछि चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत् भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ। करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको यस योजना पुरा गर्न उर्जा मन्त्री कम्मर कसेर लागेका हुन् ।

    ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सवस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत् भक्तपुर विद्युत पुर्‍याउने योजना अघि सारेको हो।तर, सवस्टेशन निर्माणका लागि आवश्यक जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेशन बन्ने निश्चित भएको छ। त्यस सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अग्रसरतामा दुई मन्त्रालयबीच आइतबार छलफल भयो। ऊर्जा मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सवस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

    त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुख्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ। कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्ययन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीहरुको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ। ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सवस्टेशन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउने भएका छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...