News Portal

  • ११ लाख थान मास्क बरामद : तुहियाे काेराेनामा कराेडपति बन्ने सपना

    ८०३ पटक

    काठमाडौं, ३ चैत्र । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान मास्क बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० मा करिब ८ लाख ४९ हजार ६ सय थान सर्जिकल मास्क बरामद भएको प्रहरीले जनाएको छ ।

    आइतबार साँझ महानगरीय प्रहरी परिसर,महानगरीय प्रहरी बृत्त थानकोट प्रभाग बलम्वुको संयुक्त प्रहरी टोलीले विष्णुदेवी–१० मा रहेको रोहित श्रेष्ठको घरको गोदाममा छापा मारेको थियो । सो गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासन र प्रहरीले गोदाम शिलबन्दी गरेको थियो ।

    प्रहरीले यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान माक्स बरामद गरेको थियो । शनिबारयता काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा लुकाएर राखेको १० लाख ९५ हजार थान माक्स बरामद गरेको छ ।महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ८ लाख ४९ हजार थान मास्क बरामद भएको बताए ।

    डिएसपी श्रेष्ठका अनुसार मास्क सहित केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।

    पक्राउ परेका विरूद्ध कालोवजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम कारवाही हुने बताइएकार् छ । बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरि सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले डिलर वा एजेण्डलाई १० वर्ष कैद वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...