News Portal

  • नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ फागुन
    २२९९ पटक
    भक्तपुर, ५ फागुन

    नेमकिपाको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउ परेका हुन् ।

    मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ हात्तीगौंडा बस्ने पुर्कुटीलाई मंगलबार राति प्रहरीले राधेराधेबाट पक्राउ गरेको हो ।

    नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा पुर्कुटीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको साथबाट बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद ११ थान, पेनड्राईभ १ थान र सिमकार्ड ३ थान समेत बरामद गरिएको छ । पुर्कुटीको ठगी धन्धाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...