News Portal

  • प्रतिबन्ध उल्लंघन गर्दै स्वदेश फर्किएका ६३ नेपाली खरिपाटी क्‍वारेन्टाइनमा

    भक्तपुरपोष्ट संवाददाता८ चैत २०७६
    १३९९ पटक
    ८ चैत २०७६

    भक्तपुर । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई सिधै भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा पुर्‍याइएको छ ।

    अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका थिए ।

    प्राणघातक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका ५ महिलासहित ६३ नेपालीलाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको हो ।

    स्वदेश आएका ६३ नेपालीलाई विमानस्थलबाट साझा बसमा खरिपाटी पुर्‍याइएको थियो । अनुमतिबिना नेपाल आएकाहरु उनीहरु अब अब १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। उनीहरु आफैले नै त्यसका लागि सबै खर्च व्यहोर्नुपर्ने छ।  खरिपाटीमा नेपाली सेनाले हेल्थ डेक्स सुरु गरिसकेको छ ।

    बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो।

    खरिपाटीमा यसअघि चीनबाट ल्याइएका नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...