News Portal

  • बिहार राज्यमा कोरोनाभाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु

    १०४५ पटक

    काठमाडौँ, ९ चैत । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले जनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो । जसअनुसार आइतबार मुम्बईमा छ जना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्। महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ ।

    आधिकारिक तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ। नेपालको सिमाना जोडिएको बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको जनाइएको छ । राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो। स्थानीय पत्रकार नीरज सहायका अनुसार हालसालै ती व्यक्ति कतारबाट फर्किएको बीबीसी हिन्दीले जनाएको छ । उनको मृत्यु शनिवार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ।

    अस्पतालमा उपचार गराइरहेका अर्का सङ्क्रमित व्यक्ति हालै स्कटल्यान्डबाट फर्किएका थिए । आइतवारभन्दा अघि बिहारमा सङ्क्रमित व्यक्ति फेला परेका थिएनन् । इटलीको रोमबाट २६३ जना भारतीय विद्यार्थीलाई भारत पुर्‍याइएको छ। एयर इन्डियाको एउटा विशेष विमानबाट उनीहरूलाई आइतवार बिहान स्थानीय समयअनुसार करिब सवा नौ बजे दिल्ली पुर्‍याइएको हो । उनीहरू सबैलाई क्वारन्टीनमा राखिएको छ । अहिलेसम्म विदेशमा रहेका १६ सयजना भारतीयलाई स्वदेश फर्काइएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...