News Portal

  • भौतिक संरचनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने–एन्फा

    भक्तपुरपोष्ट संवाददाता९ चैत २०७६
    ७०७ पटक
    ९ चैत २०७६

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग सकिने भएको छ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक परेको खण्डमा आफ्नो भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको हो ।

    एन्फाले सातदोबाटोको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल, रौतहटको महिला एकेडेमीलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सकिने जनाएको छ । त्यस्तै एन्फाले मानवीय विपद्को समयमा देशभरिका सबै खेलकूदका संरचनालाई पनि आवश्यक परेको खण्डमा प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...