News Portal

  • ‘जनता कफ्र्यु’ले काँकडभिट्टा नाका ठप्प

    भक्तपुरपोष्ट संवाददाता९ चैत २०७६
    ७४५ पटक
    ९ चैत २०७६

    भद्रपुर । भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् । आज बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कफ्र्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्की बताउछन् ।

    कोरोना भाइरस फैलिने सन्त्रास बढेको बेला भारतको कफ्र्युले नाका ठप्प हुँदा नेपाललाई फाइदा नै पुगेको उनको धारणा छ । उनका अनुसार भारतबाट यात्रु आउने क्रम रोकिएको छ । काँकडभिट्टा नाकामा नेपाली सुरक्षाकर्मीले पनि कडाइ गरेको पाइएको उनले बताए । नेपाली सुरक्षाकर्मीले भारततिर अनावश्यकरुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई फर्काएर राम्रो गरेको उनको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नाकामा नेपालले बन्द नगरेको तर भारतमा लगाइएको ‘जनता कफ्र्यु’ले ओहोरदोहोर ठप्प बनेको जानकारी आएको बताए । नाका बन्द गर्ने विषय सङ्घीय सरकारको क्षेत्राधिकारभित्र भएको जनाउँदै हालसम्म केन्द्रबाट त्यस्तो बन्दको निर्देशन नआएको उनको भनाइ छ ।

    नागरिक यातायात प्रालिका सञ्चालक राम थापाले यात्रु घटेकाले बस सेवा कटौती गरिएको जनाउँदै १५ वटामध्ये आज पाँच वटा मात्र छोटो दूरीमा चलाइएको उनले जानकारी दिए । चलाइएका बसमा समेत यात्रु नभएर खाली कुदाउनु पर्दा ठूलो घाटा व्यहोर्नु परिरहेको उनी बताउछन् ।

    काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीटङ्की नाकाका खटिएका पश्चिम बङ्गाल प्रहरीका सहायक निरीक्षक किशोर क्षेत्रीले सीमावर्ती बजार र गाउँ ‘जनता कफ्र्यु’का कारण पूरै बन्द रहेको बताए । बजार, यातायातलगायत सबै बन्द रहेको र सर्वसाधारण घरभित्रै बसेको हुँदा नाकामा ओहोरदोहोर ठप्प रहेको उनको भनाइ छ ।

    छिमेकी मुुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएका कारण सीमानाका नेपाल सरकारले अविलम्ब बन्द गरे सङ्क्रमण भित्रिने जोखिम कम हुने भन्दै सीमा क्षेत्रका बासिन्दाले माग गर्दै आएका छन् । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले समेत नाकालाई सरकारले बन्द गर्नुपर्ने अवस्था भइसकेको बताउछन् । उनले प्रदेश नं १ सरकारलाई मेचीनगर नगरपालिकाका तर्फबाट काँकडभिट्टा नाका बन्द गराइदिन ध्यानाकर्षण गराइसकेको बताए । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...