News Portal

  • कपिलवस्तुमा निषेधाज्ञा जारी

    करीब १ सय मोटरसाइकल नियन्त्रणमा

    सीताराम चौधरी/कपिलवस्तु ११ चैत २०७६
    २३०७ पटक
    ११ चैत २०७६

    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ । विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन सरकारले मंगलबार विहान ६ बजेदेखि ‘लकडाउन’ जारी गरेपनि खुल्ला सिमानाका कारण सम्भव नभएपछि कपिलवस्तुमा निषेधाज्ञा जारी गरेको हो । मानिसहरुलाई भीडभाड नगर्न भनेपनि अटेरी बढेपछि निषेधाज्ञा जारी गर्न प्रशासन बाध्य भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

    अर्को आदेश नहुँदासम्म निषेधाज्ञा जारी रहने विज्ञप्तीमा उल्लेख छ । लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा अनुसार चैत ११ गते बिहान ६ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा जारी गरेको प्रजिअ पौडेलले जानकारी दिए ।

    यसैबीच जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको निषेधाज्ञा उलंघन गर्ने झण्डै एक सय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

    निषेधाज्ञा उलंघन गरेको भन्दै जिल्लाको चन्द्रौटा क्षेत्रबाट वडा प्रहरी कार्यालय चन्द्रौटाले समाचार तयार पार्दासम्म ९० वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिएका छन् । पहिलो दिन भएकाले लामो दूरीकालाई एक दुई घण्टा राखेर सम्झाई बुझाई छोडिएको भएपनि स्थानीयलाई भने साँझ मात्र छोड्ने प्रहरी निरीक्षक खरेलले बताए । पहिलो दिन कडा गरेपछि सर्वसाधारण विना काम बाहिर ननिस्कने खरेलले विश्वास व्यक्त गरे ।

    यता इलाका प्रहरी कार्यालय कृष्णनगरले निषेधाज्ञा उलंघन गरेको भन्दै ७ जनालई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार सीमावर्ती क्षेत्र भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए । पछिल्लो समय कृष्णनगर क्षेत्र शान्त बनेको उनले बताए ।

    त्यसैगरी निषेधाज्ञा उल्लंघन गर्ने मर्यादपुर–तौलिहवा क्षेत्रबाट १० जना प्रहरी नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...