News Portal

  • संकटका बेला पछि हट्नु कायरतापूर्ण हुने भन्दै निजी अस्पताल माथि खनिए पूर्वराजा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१३ चैत
    २३७४ पटक
    भक्तपुर,१३ चैत

    पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालप्रति असन्तुष्टि पोखेका छन् । निजी अस्पतालले कोरोना भाइरस संक्रमणको आशंका भएका बिरामीलाई समेत उपचार गर्न अस्वीकार गरेपछि उनले असन्तुष्टि जनाएका हुन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले संकटका बेला पछि हट्नेहरु कायर भएका भन्दै कोरोनाको आशंकामा उपचार नगर्नु कायरतापूर्ण हुने भनेका छन् । सरकारी मात्र नभई निजीस्तरका स्वास्थ्य संस्थालेसमेत संकटका बेला पछि हट्नु नहुने उनको भनाइ छ ।

    पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्‌, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...