News Portal

  • सूर्यविनायकले सार्वजनिक गर्यो कोरोना परामर्शका लागि १२ सम्पर्क व्यक्ति (हेर्नुस् नाम र नम्बर )

    तारा अधिकारी निकिसा / भक्तपुर पोस्ट सूर्यविनायक, १४ चैत
    ३२०८ पटक
    सूर्यविनायक, १४ चैत

    विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे नोभल काेराेना भाइरस(covid 19)को राेकथाम र नियन्त्रणकाे लागि सूर्यविनायक नगरपालिकाले ९ बुँदे निर्णय गरेको छ । देश बन्दाबन्दी(lock down)मा रहेको चौथो दिन नगरपालिकाले ९ बुँदे निर्णय लिएको हो ।

    शुक्रवार नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले काेभिड-१९ राेकथाम र नियन्त्रणकाे लागि ९ बुँदे कार्ययोजना अघि सारेको बैठकमा सहभागी वडा अध्यक्ष रविन्द्र सापकोटाले बताए । उक्त बैठकमा पूर्वमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य महेश बस्नेत,उपमेयर जुना बस्नेत,प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली,वीरदल गणका प्रमुख कर्णेल शिव प्रसाद पाैडेल र नगरपालिका सबै वडा अध्यक्षहरुकाे सहभागिता रहेको बताइएको छ ।

    बैठकपश्चात प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीद्रारा प्रेषित नगरपालिकाको सूचनामा नगर भित्र १ सय बेड क्षमताको क्वारेन्टाइन स्थल यकिन गरिएको,सुरक्षा सामाग्री तैनाथी अवस्थामा राखिएको लगायत जानकारी गराउनुका साथै कोभिड १९ को शंका लागेमा वा यसबारे सहयोग आवश्यक भएमा १२ जना सम्पर्क व्यक्तिहरु पनि सार्वजनिक गरिएको छ । नगर अस्पतालका २ डाक्टर सहित नगरपालिकाले १२ सम्पर्क व्यक्ति सार्वजनिक गरेको हो । सर्वसाधारणले उनीहरुसंग मोबाइलमै सम्पर्क गर्न मिल्ने गरी मोबाइल नम्बर नै सार्वजनिक गरिएको छ ।
    हेर्नुस् सम्पर्क व्यक्तिहरु

    नगरपालिकाको सूचनामा लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्दै श्रमिक वर्गलाई दैनिक उपभोग्य सामाग्री अभाव भएमा वडा अध्यक्षले उपलब्ध गराउने, आपूर्ती व्यवस्थालाई सहज बनाउन अनुगमनलाई प्रभावकारी बनाइने बताइएको छ । त्यसैगरी सेल्फ क्वारेन्टाइनमा बस्न नमान्नेलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिने, वडागत रुपमा घरपरिवारको विवरण संकलन गरी सेवा प्रवाहलाई सहज बनाउने लगायतका कार्ययोजना बनाइएको सूचनामा भनिएको छ ।

    सच्याइएको : १२ सम्पर्क व्यक्ति हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक 

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...