News Portal

  • बीभत्स हत्या, ९ दिनसम्म कुटेर लिइयो युवकको ज्यान

    विराटनगर, १५ चैत
    १५५९ पटक
    विराटनगर, १५ चैत

    विराटनगर । कोरोनाले विश्वलाइ त्राही त्राही बनाइरहँदा माेरङमा एक बिभत्स हत्या भएकाे छ । आर्थिक अवस्था निकै कमजाेर भएका र घरपरिवारमा पनि राम्राे सम्बन्ध नभएका एक युवककाे सँगै काम गर्ने छिमेकीले ९ दिनसम्म कुटीकुटी हत्या गरेकाे खुलेकाे छ । ९ दिनसम्म छिमेकीले कुटिकुटी आँखासमेत फुटाल्दा पनि ती युवक कतै भाग्न पनि नसकेकाे पाइएकाे छ ।

    मोरङको पथरी शनिश्चरे नगरपालिका– १० का दिपक लिम्बुकाे यसरी हत्या भएकाे हाे । उनकाे शव अहिले विराटनगरकाे नर्सिङहाेममा छ । विडम्बना याे छ कि उनकाे शव उठाउन सक्ने अवस्था पनि छैन । अस्पतालले उनकाे शव अस्पतालकाे फाेहाेर फाल्ने ठाउँमा राखेकाे छ । तर, त्यहीबाट पनि शव उठाउन नदिएकाे मृतककी दिदी मनु लिम्बुले बताएकी छन् । एकातिर काेराेनाकाे सन्त्रासका कारण देशभर लकडाउन घाेषणा गरी कसैलाइ पनि घरबाट बाहिर निस्कन दिइएकाे छैन, अर्काेतिर मनुलाइ आफ्नाे दाजुकाे शव अस्पतालबाट कसरी निकाल्ने भन्ने पिर परेकाे छ ।

    अस्पतालले दिपककाे शव निकाल्नुअघि उनकाे उपचारमा लागेकाे तीन लाख ६० हजार रुपैयाँ तिर्न दवाव दिएकाे छ । तर, त्यत्राे रकम मनुसँग छैन । नत उनलाइ सहयाेग गर्ने नै काेही छन । मनु भन्छिन ‘मेरो दाजुको मृत्यु त कुकुरकोभन्दा पनि नराम्रो भयो । अस्पतालले फोहोर हाल्ने ठाउँमा शव राखेको छ, निकाल्ने क्षमता छैन ।’ नर्सिङ होमका प्रशासन प्रमुख पदम विनाडीले बिल नतिरेसम्म शव लैजान नदिने भनेकाे मनुले बताइन ।

    यसरी भएकाे थियाे दिपककाे मृत्यु

    फागुन २७ गते गाउँमा होलीको चहलपहल थियो । २७ वर्षीय दीपक लिम्बु सधैंझै छिमेकी लंक तामाङको घरमा सुत्न गए । बाबुले कान्छी बिहे गरेका कारण उनकाे घरमा त्यति राम्राे सम्बन्ध पनि थिएन । बुबा र कान्छी आमासँग उनकाे सम्बन्ध राम्रो नभएका कारण उनी प्राय लंक तामाङकै घरमा रात बिताउँथे । लंकसहित उनका भाइ दाेर्जे तामाङ उनीसँगै मजदुरी गर्थे । त्यही भएकाेले उनी उनीहरुकै घरमा सुत्ने गर्दथे । तर, उनलाइ त्यहाँ पनि राम्राे गरिदैनथ्याे ।

    २७ गते हाेलीकाे दिन उनी लंककाे घरमा गएका दिन पनि उनीमाथि दुर्व्यवहार गरियाे । अन्तत: उनीमाथि २७ गते राति सुतिरहेकै स्थानमा नराम्ररी कुटपिट भयो । आफ्नो घरमा बसेको भन्दै लंकका भाइ दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बुले निर्घात कुटपिट गरेकाे दिपककी बहिनी मनु बताउँछिन । कुटपिटबाट त्यसदिन दिपक नराम्ररी घाइते भए । गाउँभन्दा अलि टाढा एकान्तमा घर भएका कारण दीपकमाथि भएकाे कुटपिटबारे छिमेकीले केही पनि सुइँको पाएनन् ।

    भाेलिपल्ट दिपकले आफूमाथि भएकाे कुटपिटबारे कसैलाइ भनेनन् पनि । त्यही कारण उनीमाथि कुटपिट झन झन दोहोरिँदै गयो । फागुन २७ गतेदेखि सुरु भएकाे कुटपिटकाे श्रृङ्खला चैत ६ गतेसम्म चल्याे । करिब नौ दिन बन्धक बनाएर कुटपिट गर्दा दीपकको दाहिने आँखा फुटेको थियो । टाउकोमा पानी जमेको थियो । ९ दिनपछि दिपककाे अवस्था गम्भीर भएपछि उनलाई लंकको घरबाट छिमेकी ललितजंग कुरुङ्वाङको घरमा लगेर छाडियो ।

    अन्तिम अवस्थामा ललितजंगको घरमा पर्याइएपछि उनै ललितजंगले धरान बस्ने बहिनी मनु लिम्बुलाई जानकारी गराए । मनु त्यसपछि दाजुकाे अवस्था बुझ्न गाउँमा पुगिन । दाजुकाे त्यस्ताे अवस्था देखेर भावविह्वल भएकी मनुले उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिन् । उनीसँग एम्बुलेन्स रिजर्भ गर्ने पैसा थिएन, त्यसैले अटो रिक्सामा हालेर दाजुलाइ धरान पुर्याइन ।

    धरान अस्पतालले आईसीयु नभएकाे भन्दै उनलाइ राख्न मानेन । उनलाइ विराटनगरमा लग्न भन्याे । त्यसपछि मनुले दाइलाइ धरानबाट फर्काएर विराटनगरमै लगिन । विराटनगर पुर्याएर विराट नर्सिङ होममा पुर्याइन । साेही अस्पतालमा उपचार गर्दै गर्दा बिहीबार बिहान दीपकको निधन भयाे । तर, खर्च अभावका कारण मनुले दाजुको अन्तिम संस्कार गर्न पाएकी छैनन् ।

    दिपककाे मृत्यु भएकाे थाहा पाएपछि उनीमाथि कुटपिट गर्नेहरुले मनुलाइ अनेक प्रलाेभन देखाइरहेका छन । मनुकाअनुसार दाजुको मृत्युपछि घटनामा संलग्नका आफन्तहरुले शव निकाल्न पैसा दिने तर प्रहरीमा जाहेरी नदिन दबाब दिइरहेका छन् । तर मनु भने दिपकमाथि कुटपिट गर्नेहरुमाथि कारवाहि हुनुपर्ने बताउँछिन ।

    घटनाबारे सूचना बाहिर आएपछि इलाका प्रहरी कार्यालय पथरीले एक आरोपी मुस्कान राईलाइ पक्राउ गरेकाे जनाएकाे छ । इप्रका पथरीका डिएसपी दिलिप गिरी आराेपी सञ्जय लिम्बु र दोर्जे तामाङ फरार रहेकाे बताउँछन् । मृतक र आरोपी तीनजना सँगै ज्याला मजदुरी गर्ने गरेको पाइएको र अहिले कर्तव्य ज्यान मुद्दामा यस घटनाको अनुसन्धान गरिरहेको डिएसपी गिरी बताउँछन ।

    २७ वर्षका दीपक विवाहित हुन् । उनकी एक छाेरी पनि छन । उनकी श्रीमती बबिता राई अहिले वैदेशिक रोजगारीमा छन् । विदेश गएपछि श्रीमतीले छोरीलाई माइतीमा लगेर राखेकी छन् । मनुका अनुसार उनी अहिले श्रीमानलाई वास्तै गर्दिनन् । दीपकलाई परिवारभित्र पनि राम्रो व्यवहार थिएन ।

    आमाले छाडेपछि बुबाले दोस्रो बिहे गरे । कान्छी आमाले नराम्रो व्यवहार गरेपछि उनी लंकको घरमा बस्दै आएका थिए । ‘भाउजुले पनि वास्ता नगरेका कारण दाजु तनावमा हुनुहुन्थ्यो’ मनुले भन्छिन्, ‘एक्लै परेका दाजुलाई तड्पाई तड्पाई मारे ।’

    करिब नौ दिन बन्धक बनाएर कुटपिट गर्दा दीपकको दाहिने आँखा फुटेको थियो । टाउकोमा पानी जमेको थियो । समयमा नै उपचार नपाएका कारण उनको ज्यान गएको हो । दीपक मोरङ क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...