News Portal

  • वीर अस्पतालमा काेभिड १९ काे आशंकामा भर्ना गरिएका दुई बिरामीको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ चैत
    ८४६ पटक
    भक्तपुर, १७ चैत

    वीर अस्पतालमा काेभिड १९ काे आशंकामा भर्ना गरिएका दुई बिरामीको मृत्यु भएको छ ।

    वीरमा मृत्यु भएका २ जनामा एक ३४ वर्षकी महिला र अर्का ५० वर्षीय पुरुष भएकाे बताइएकाे छ । उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा आइतबार साँझ र साेमबार बिहान अस्पताल भर्ना गरिएको थियो।

    श्रोतका अनुसार उच्च ज्वरो आएपछि बेहोस भएकाे अवस्थामा अस्पतालले उनीहरुलाइ भर्ना गरेकाे थियाे । उनीहरु दुबै लकडानअघि भारतबाट आएका बताइएकाे छ।

    रिपोर्ट नआइकन काेराेनाकाे कारण ज्यान गएकाे भन्न नसकिने वीरका निर्देशक केदार सेञ्चुरीले बताए । ‘स्वाब संकलन गरी टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला लगिएकाे छ । परीक्षण पछि मात्र काेराेना हाे वा हाेइन, यकिन हुन्छ ।’ उनले भने । रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...