News Portal

  • गठ्ठाघरको हनुमन्ते करिडोर किनारमा विभत्स शव भेटियो

    भक्तपुरपोष्ट संवाददाता१७ चैत २०७६
    १८५७ पटक
    १७ चैत २०७६

    भक्तपुर । गठ्ठाघरको हनुमन्ते करिडोर किनारमा एक जनाको शव फेला परेको छ । विभत्स अवस्थामा उक्त शव फेला परेकाे हाे ।

    ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोरमा भेटिएको उक्त शव महिला वा पुरुष छुट्टिने अवस्थामा समेत छैन।

    स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा आइपुगेको छ। भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले घटनास्थलमा प्रहरी पुगिसकेकाले अनुसन्धान सुरु भइसकेको बताए। घटनास्थलमा सुरुवालको आधारमा हेर्दा महिलाको शव हुनसक्‍ने अनुमान गरीएकाे छ।

    अपडेट : एसपी प्रधानले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार उक्त शव महिलाको रहेको छ । शव धेरै दिनको भएको र लुछिएको अवस्थामा रहेकोले उमेर र जात अनुमान गर्न सकिने अवस्था नरहेको उनले बताए । पोस्टमार्टमका लागि महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा यतिबेला शवलाई पुर्याइएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि यसको गहन अनुसन्धान हुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...