News Portal

  • खाद्यान्नका पसलहरु जुनै समयमा खोल्दा हुन्छ, बन्द गराउनु भनेका छैनौँ : एसपी प्रधान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ चैत
    ९८३२ पटक
    भक्तपुर, १८ चैत

    फाइल फोटो

    कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दीको १ हप्ता भैसक्दा समेत भक्तपुरमा खाद्यान्न पसलका संचालकहरु पसल खोल्ने समयको विषयलाई लिएर अलमलमा परेका छन् । केहि स्थानका प्रहरीले समय तोकिदिएपछि उनीहरु अलमलमा परेका हुन् ।

    मंगलवार सूर्यविनायक नगरपालिकाको सिर्जनानगरमा यस्तै दृश्य देखियो । साँझ ७ बजेपछि पसल बन्द गराउदै हिंडेका प्रहरीका कारण पसलका संचालकहरु हैरान देखिए । ” सधै पसल बन्द गर्न प्रहरी नै आउनुपर्ने ? आफै बन्द गर्ने बुद्धि छैन ? भन्दै ड्युटीमा रहेका प्रहरीहरु पसलका संचालकहरुलाई चेतावनी दिंदै थिए ।

    प्रहरीलाई देखेपछि पसलेहरु सटर तान्न व्यस्त बनेका देखिन्थे । ”खै सरकार खाद्यान्न पसल खोलिराख्नु भन्छ, फेरि प्रहरी आफै बन्द गराउदै हिड्छ ।” एक संचालकले भक्तपुर पोस्टसंग गुनासो गरे ।

    खाद्यान्न पसललाई त समय तोकिएको छैन नि ? भन्ने भक्तपुर पोस्टको भनाइप्रति ड्युटीमा रहेका प्रहरी सहमत देखिएनन् । उल्टै उनले प्रतिप्रश्न गरे ”के हामी रहरले बन्द गराउदै हिडेंको हो त ?’

    महानगरीय प्रहरी प्रभाग कटुन्जेका प्रमुख रहेका प्रहरी नायब निरीक्षक ज्योति कार्कीसंग यस विषयमा जानकारी माग्दा उनले पनि खाद्यान्न पसललाई विहान र बेलुका दुई दुई घन्टाको समय तोकिएको जानकारी गराए । जुनसूकै बेला पसल खोल्ने भए लक डाउनको अर्थ नभएको उनको भनाइ छ ।

    जोखिम मोलेर अत्यावस्यक खाद्यान्नको पसल खोल्नेलाई प्रोत्साहित गर्नुपर्नेमा पसल बन्द गराउदै हिड्नु नहुने स्थानीय कपिल कस्पाल बताउँछन् । २ घन्टाको समय दिंदा झन् मानिसको भीडभाड हुने र क्रेताबिक्रेता दुवैलाई जोखिम हुने उनको भनाइ छ ।

    यता, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी सविन प्रधान भने आफूहरुले खाद्यान्न पसल बन्द गराउन निर्देशन नदिएको बताउँछन् । ” खाद्यान्न पसलका संचालकहरुले बिहान देखि बेलुकीसम्म जुनसुकै समयसम्म पसल खोल्न सक्नुहुन्छ ।” भक्तपुर पोस्टसंग उनले भने । उनले अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कन अनुरोध गरे । ”आवस्यक काममा घरको एकजना मात्र सुरक्षित किसिमले निस्कन सकिन्छ तर बिना काम निस्कनु आफू,परिवार र देशकै लागि खतरापूर्ण हुनसक्छ ।” उनले भने

    एसपी प्रधानले खाद्यान्न पसल बन्द गराउन निर्देशन नदिइएको दावी गर्दै यस विषयमा मातहतमा आवस्यक निर्देशन दिइने समेत जानकारी गराए ।तर,खाद्यान्न पसल खाेलेको बहानामा अनावस्यक मानिस बटुलेर गफ गर्ने अड्डा जस्तो बनाउन नहुने उनको सुझाव छ ।

    यस अघि आइतवार भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि भक्तपुर पोस्ट संगको एक अन्तर्वार्तामा खाद्यान्नका पसलहरु बन्द गर्ने होइन भनेकी थिइन् । प्रजिअ पाण्डेले चैत ११ मा गरेको आदेश अनुसार नै भक्तपुरमा लकडाउन लागू भएको हो ।

    हेेर्नुस् अन्तर्वार्ता

    जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे (अन्तरवार्ता)

    हेर्नुस् भक्तपुर सिडिओद्वारा जारी गरिएको आदेश

     

     

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...