News Portal

  • भक्तपुरका १ लाख सदस्यलाई सहकारीले सहयाेग गर्ने

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २० चैत
    ३०२७ पटक
    भक्तपुर, २० चैत

    भक्तपुरका सहकारी संस्थाहरुले कोरोना भाइरस (कोभिड १९) बाट बच्न जनचेतना जगाउने भएका छन् । सहकारी संस्थाहरुले घर घरमा रहेका आफ्ना शेयर सदस्यहरुमार्फत जनचेतना जागृत गराई कोरोना बिरुद्ध लड्न जागरुक र जिम्मेवार बनाउने भएका हुन् ।

    नगर प्रमुख सुनिल प्रजापतिले जिल्ला सहकारी संघका प्रतिनिधिलाई बोलाइ १५६ वटा सहकारीमा रहेका झण्डै १ लाख सदस्यहरुलाई सुसूचित गर्नका साथै संकटका बेला सहयोग गर्न भनेपछि उनीहरुले उक्त कार्यका लागि तत्परता देखाएका हुन् ।

    उक्त अवसर जिल्ला बचत तथा ऋण सकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले आफ्ना सम्पूर्ण सदस्यहरुलाई घर–घरमा सन्देश पु¥याउने र समस्यामा परेकाहरुलाई आर्थिक सहयोग समेत गर्ने स्पष्ट पारे । ”यो संकटका बेला सदस्यलाई आवस्यक भए केही रकम पनि उपलब्ध गराउछौं ।” उनले भने ।

    नगर प्रमुख प्रजापतिले खुद्रा व्यापार संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघसंग समेत सहयोगका लागि अपिल गरे । ती सस्थाका प्रतिनिधिले आफूहरु खाद्यान्न लगायतका अति आवश्यक वस्तु उत्पादन र आपूर्ति गर्न प्रतिवद्ध रहेको बताएका थिए ।भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष बिरेन्द्र जतिले लघु घरेलु तथा साना उद्योगबाट उत्पादित ताइचिन चिउरा, लोकल चामल, विभिन्न मसला, दाल, तोरी, घ्यु इत्यादि खाद्यान्न सहज आपूर्ति र संघसँग आबद्ध उद्योग निर्वाध रुपमा सञ्चालनको नगरपालिका तर्फबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।

    छुट्टाछुट्टै बैठकमा मेयर प्रजापतिले कोरोनाबिरुद्द लड्नु साझा जिम्मेवारी भएको भन्दै सबै मिलेर कोरोना भाइरसको संक्रमणबाट समाजलाई जोगाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...