News Portal

  • मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने सम्भावना

    भक्तपुरपोष्ट संवाददाता२३ चैत २०७६
    ६७९ पटक
    २३ चैत २०७६

    काठमाडौँ । लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ । चार बजे बस्ने भनिएको भएपनि पुनः बैठक २ बजेलाई सारिएको हो।

    सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए। ‘एक हप्ता थपिन सक्ने सम्भावना छ,’ उनले भने, ‘आजै निर्णय हुन्छ।’

    कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले भने लकडाउन थप्नेबारेमा सरकारलाई औपचारिक सिफारिस गरेको छैन। तर, बैठकपछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग लकडाउन लगायतका विषयमा छलफल गरेका थिए।

    मन्त्री भन्छन्, ‘सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । स्थानीय संक्रमणलाई समुदायमा जान नदिन यसको विकल्प पनि छैन ।’

    उनकाअनुसार मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।

    नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन चैत २५ गते १२ बजेसम्म रहनेछ ।

    तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सुदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण देखिएको र विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा क्वारेन्टाइनको अवधि थप गरिसकिएको छ। आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले क्वारेन्टाइन अवधि २१ दिन पुर्याइएको घोषणा गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...