News Portal

  • खरीपाटी क्वारेन्टाइनले ‘ढुक्क भइयो’ भन्दै घर गए ७३ नेपाली

    भक्तपुरपोस्ट संवाददाता चागुँनारायण, २४ चैत
    १३५९ पटक
    चागुँनारायण, २४ चैत

    खरीपाटी क्वारेन्टाइनमा रहेका ९६ जना मध्ये ७३ जनालाई घर पठाइएको छ । १४ दिनको क्वारेन्टाइन बसाईपछिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो । आइतवार उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

    सोमबार ७३ जनालाई सरकारले गाडीको व्यवस्था गरी घर पठाएको हो । घर फर्कन पाउँदा उनीहरु जत्ति खुशी थिए, त्यतिनै खुशी कोरोना नभएको पुष्टि भएपछि थपिएको बताए । अब आफूहरु निर्धक्क भएकाे भन्दै उनीहरुले खुशी व्यक्त गरेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । ”क्वारेन्टाइन बसाइ आफ्नै लागि रहेछ भन्ने महसुस गरी उहाँहरु घर जानुभएको छ । मनमा शंका लिएर बस्नुभन्दा क्वारेन्टाइन बस्नु राम्रो भएको भन्दै सन्तुष्टि व्यक्त गर्नु भएको छ ।” प्रजिअ पाण्डेले भनिन् । प्रजिअ पाण्डेका अनुसार उनीहरुलाइ घरमा थप ७ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा बिदाइ गरिएकाे हाे । बिदाइ कार्यक्रममा क्वारेन्टाइनका स्वास्थ्यकर्मी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

    बिदाइ हुनेहरु नेपाल सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि जवर्जस्ती त्रिभुवन विमानस्थलमा आएका थिए । थाई,सिल्क लगायत बिमानबाट आएका उनीहरुलाई सरकारले सिधै खरिपाटीस्थित क्वारेन्टाइन ल्याएको थियो । शुरुमा उनीहरु क्वारेन्टाइनमा बस्न तयार थिएनन् । तर पछि यहाँको व्यवस्थापन देखेर खुशी भएका थिए । खरीपाटी क्वारेन्टाइन डब्लुएचओको मापदण्ड अनुरुप तयार गरिएको सुविधा सम्पन्न क्वारेन्टाइन हो । यहाँ नेपाल सरकारले चीनको बुहानबाट उद्धार गरी ल्याइएका १ सय पचहत्तर जना नेपाली विद्यार्थीलाई राखेको थियो ।

    अब खरीपाटी क्वारेन्टाइनमा बाँकी रहेका २३ जनालाई पनि भोली घर पठाइने प्रजिअ पाण्डेले जानकारी गराइन् । खरीपाटीमा शुरुमा ७३ जना थिए, पछि २३ जना थपिएर ९६ जना पुगेका थिए । पछि थपिएका २३ जना मध्ये २ जनाको रिपोर्ट आउँन बाँकी भएकाले उनीहरु मंगलवार मात्र घर जान पाउने भएका हुन् ।

    अपडेट : खरीपाटी क्वारेन्टाइनमा बाँकी रहेका २३ जनालाई पनि घर पठाइएकाे छ । रिपोर्ट आउँन बाँकी भएका २ जनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएपछि उनीहरु लाइ मंगलवार घर पठाइएकाे हाे ।

    याे पढ्नु भयाे ?

    रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

    प्रतिकृया दिनुहोस्

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...