पुन: लम्बियो लकडाउन : नयाँ वर्ष मनाउन नपाइने

सरकारले ‘लकडाउन’को समय बढाउने निर्णय लिएको छ । लक डाउनको समय बैशाख ३ सम्म बढाउने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीपरिषदको बैठकले लकडाउनको समय बैशाख ३ सम्मलाई थप्ने निर्णय लिएको हो । सरकारले ‘लकडाउन’को समय बढाउने निर्णय लिएसंगै नयाँ बर्ष २०७७ को माहोल समेत घरमै सिमित बन्ने भएको छ । सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले एक साताको लकडाउन आदेश गरेको थियो भने १८ गते पुनः समय थप गरिएको लकडाउन भोलि मंगलवार राती सकिंदैछ । नेपालमा कोरोनाको ९ संक्रमित पुष्टि भएका छन् । जसमा, एकजना निको भैसकेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् ।