News Portal

  • भक्तपुर सीडीओ कार्यालयले उपत्यकामा पनि सवारी पासको अनुमति नदिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    २२३७ पटक
    भक्तपुर, २४ चैत

    भक्तपुर सीडीओ कार्यालयले दिंदै आएको सवारी पास अनुमति पत्र अब नदिने भएको छ । उक्त सेवा सीडीओ कार्यालयले पूर्णरुपमा बन्द गरेको हो ।

    आइतवार एक सूचना प्रकाशित गरी सवारी पास अनुमति पत्र दिने कार्य स्थगित गरिएको जिप्रका भक्तपुरले जनाएको छ । यस अघि गत १८ गतेबाट उपत्यका बाहिरको पास रोकेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवारबाट उपत्याका भित्र पनि सवारी पास नदिने जनाएको हो ।

    भक्तपुर सीडीओ हुमकला पाण्डेका अनुसार कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि एक जिल्ला देखि अर्को जिल्ला र एक पालिका देखि अर्को पालिकाको आवागमनमा समेत सरकारले कडाइ गरेसंगै उपत्यकाको हकमा पनि सवारी पास रोकिएको हो । ”यस अघि अत्यावस्यक अवस्थामा दिंदै आएको सवारी पास स्थगित भएको छ ।” भक्तपुर पोस्ट संग प्रजिअ पाण्डेले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...