प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान गाउँन र बजाउँन अनुरोध गरेका छन् । नयाँ वर्षको दिन यसो गर्न उनले अनुरोध गरेका हुन् ।
आइतवार सामाजिक संजाल ट्विटरमार्फत प्रम ओलीले सबैलाई यस कार्यमा सामेल हुन् अनुरोध गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले आह्वान गरेको कार्यक्रमलाई समर्थन गर्दै उनले यस्तो अनुरोध गरेका हुन् ।
ग्लोबल कम्प्याक्ट नेपालले संकटको घडीमा परेको नयाँ वर्षको पहिलो दिन सोमबार बिहान ८ बजे कोभिड१९ को विरुद्धमा अग्रभागमा रहेर लागिरहेका र सेवा पुर्याइ रहेकाको सम्मानमा ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ!’ कार्यक्रमको आह्वान गरेको हो ।
उक्त आह्वानको समर्थन गर्दै प्रम ओलीले भनेका छन् ”राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!”
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।”