News Portal

  • नेकपा प्रवक्ता नारायणकाजीद्वारा एक वर्षकै तलब दान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ बैशाख
    १३८७ पटक
    भक्तपुर, १ बैशाख

    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब दान दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्य वापत आफूले पाउने एक वर्षको पारिश्रमिक उनले कोरोना रोकथाम तथा नियन्त्रण कोष र विपन्न वर्ग केन्द्रीत राहत प्याकेजमा दिने घोषणा गरेका हुन् ।

    नेकपा प्रचार बिभाग प्रमुख समेत रहेका सचिवालय सदस्य श्रेष्ठले सोमबार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका गरेका हुन् । विहानै ट्विट गर्दै नेता श्रेष्ठले एक वर्षको पारिश्रमिक मध्ये २ महिनाको पारिश्रमिक कोरोना कोषमा र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने बताएका छन् ।

    आफ्नो ट्विटमा उनले लेखेका छन् ‘हामी अहिले कोभिड-१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबध्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।”

    ‘यसअघि वर्षौं सांसद नहुँदा पनि आफ्नो घर व्यवहार चलिरहेको भन्दै उनले आफूले प्राप्त गर्ने पारिश्रमिक नलिने बताए । घर भाडा, गाडी र तेल खर्च पार्टीले दिँदै आएको छ ‘खानासहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले दिन्छन । मानव चोला लिनको लागि भन्दा दिनको लागि हुनुपर्छ ।’ भक्तपुर पोस्ट संग उनले भने । नयाँ वर्षमा आफूले गरेको घोषणाले आत्मा सन्तुष्टि प्राप्त भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...