News Portal

  • खाद्यान्न अभाव भोगेका थप एकसय विद्यार्थी र अभिभावकलाई शिवपुरी माविको राहत

    भक्तपुरपोष्ट संवाददाता ९ बैशाख २०७७
    २१९९ पटक
    ९ बैशाख २०७७

     

    काठमाडौं । महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका थप एकसय विद्यार्थी एवं अभिभावकहरुलाई राहत वितरण गरेको छ । यसअघि पनि विद्यालयले एकसय जना अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई खाद्यान्न वितरण गरेको थियो ।

    दोस्रो चरणअन्तर्गत मंगलवार पनि थप एकसय जना विद्यार्थी एवं अभिभावकहरुलाई खाद्यान्न वितरण गरिएको प्रधानाध्यापक दिवाकर दूरदर्शीले जानकारी दिए ।
    विद्यालयले मंगलवार बिहान खाद्यान्न अभाव भोगेका हरेक विद्यार्थी एवं अभिभावकलाई दोस्रो चरण अन्तर्गत १० केजी चामल, २ केजी चिउरा, २ केजी पिठो, १ लिटर तेल र १ केजी नून वितरण गरेको हो ।

    बैशाख ५ गते पहिलो चरण अन्तर्गत विद्यालयले एकसय जनालाई १५ केजी चामल, १ केजी दाल, १ लिटर खानेतल, १ प्याकेट नून सहितको राहत प्याकेज वितरण गरेको थियो ।

    दोस्रो चरणको खाद्यान्न वितरणका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पादाधिकारी, पूर्व प्रअ, पूर्वशिक्षक, पूर्वविद्यार्थी, शिक्षककर्मचारी एवं स्थानीय समाजसेवीहरुले सहयोग गरेका प्रअ दूरदर्शीले जानकारी दिए ।

    मंगलवार काठमाडौं महानगरपालिका वडानम्बर ३ का वडाध्यक्ष दिपक केसी तथा विव्यस पदाधिकारीहरुको उपस्थितीमा एकसय जना विद्यार्थी एवं उनीहरुका अभिभावकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

    वडाध्यक्ष केसीले कोरोना भाइरस विश्वव्यापी महामारी बन्दै गएको अवस्थामा मुलुकमा पनि केही असहजताहरु देखिएको भएपनि सबैले सरकारको निर्देशन पालना गर्दै घरमै सुरक्षित बसेर यससँग जुध्नुपर्ने बताए । विद्यालय आफैले असहज अवस्थाका विद्यार्थी र तिनका अभिभावकहरुलाई सहयोग गर्नु राम्रो र अनुकरणीय अभ्यास भएको केसीले बताए ।

    स्थानीय सरकार पनि यसै काममा लागेको भन्दै वडाध्यक्ष केसीले ३ नम्बर वडामा कोहीलाई पनि खाद्यान्न अभाव हुन नदिने स्पष्ट पारे । राहत वितरणमा दोहोरोपन हुन नदिन आफूहरु लागीरहेको भन्दै उनले यस महाविपत्तिसँग सबै मिलेर जुध्नुपर्ने बताए ।

    यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीधर मिश्रले विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुले खाद्यान्न अभाव भोग्न नपरोस भनेर विद्यालय नै राहत वितरणमा अग्रसर भएको बताए ।

    विद्यालयले बैशाख ४ गते खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकहरुको विवरण संकलन गरेर राहत वितरण गर्न शुरु गरेको थियो । शिक्षक, विद्यार्थी र अभिभावक एकै विद्यालयका परिवार भएकाले परिवारका कोहीपनि यस बन्दाबन्दमिा भोकै बस्न नपरोस भनेर राहत वितरण शुरु गरिएको विद्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...